भुँडीपुराण प्रकाशनको “विश्व इतिहासका केही पानाहरू” डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।
यो पुस्तक त्रिभुवन विश्वविद्यालय अन्तर्गत इतिहास विषयमा ‘प्रमाणपत्रस्तर’ को पाठ्यक्रममा रहेको छ।
यस पुस्तकभित्र मेसोपोटामियाको सभ्यता, सिन्धुघाँटीको सभ्यता, प्राचिन चीनको सभ्यता, प्राचिन रोमको सभ्यता, इसाई र इस्लाम धर्मको उदय, युरोपमा पुनर्जागरण, फ्रान्सको राज्यक्रान्ती आदि समावेश गरिएका छन्।