भुँडीपुराण प्रकाशनको “छेपाराको रङ” मरूभूमि नारायणद्वारा तयार पारिएको हास्यव्यंग्यात्मक गजल संग्रह हो।
प्रस्तुत पुस्तकमा विषयवस्तुको मूलस्रोत नेपाली समाजको वर्तमान विसंगत पर्यावरण रहेको छ।
यस गजल संग्रहले नेपाली समाजमा व्याप्त अनाचार, दूराचार, नेताका भ्रष्ट मानसिकता, परनिर्भर चिन्तन र तस्करतन्त्रले खडा गरेको बिब्ल्याँटो परिस्थितिलाई परिहासपूर्ण तरिकाले प्रस्तुत गरेको छ।