भुँडीपुराण प्रकाशनको “चीन र जापानको इतिहास” प्रा. डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।
ऋषिकेश शाहका शब्दमा “सरल र सुबोध शैलीमा लेखिएको यो प्रामाणिक पुस्तकले नेपाली वाङ्ग्मयमा एशियाका दुइवटा प्रभावशाली राष्ट्रहरुको इतिहासको खाँचोलाई पूर्ति गरेको छ।” “अंग्रेजी वा अरू विदेशी भाषाको ज्ञान नभएका नेपालीले पनि नेपालसंग घनिष्ट सम्बन्ध भएका एशियाका यी दुई मित्र राष्ट्रहरुको इतिहास अब उप्रान्त राष्ट्रभाषा नेपालीमै पढ्न पाउने भए।”