भुँडीपुराण प्रकाशनको “जावेश्वर पृथ्वी मल्ल” आत्माराम ओझाद्वारा तयार पारिएको एक ऐतिहासिक उपन्यास हो।
यो उपन्यासमा पश्चिम नेपालका ऐतिहासिक तस्विरहरु र बाह्रौं शताब्दीको सिंजा साम्राज्यको कथावस्तु संगालिएको छ।
“पहिले सिंजा क्षेत्रमा ठूलठूला साम्राज्यहरुको स्थापना र विघटन भएको इतिहासहरुबाट देखिन्छ। यसमध्ये जुमला नरेशपाल, चल्ल मल्लाहरुको धेरै लामो समयसम्मको शासनकाल रहेको देखिन्छ। यीमध्ये नागराज (वाह्रौंशताब्दीको प्रथम) र उनका उत्ताराधिकारी राजाहरुले यस सपादलक्ष उत्तराखण्ड क्षेत्रमा जुमलाको सिंजामा राजधानी बनाई गण्डकी प्रदेशदेखि गडवालसम्म र उत्तरब्रह्मपुत्र तथा तिब्बत खारी प्रदेशदेखि दक्षिण तराई ठूलो भूभागसम्म विजय गरेको तत्कालीन शिलालेख, त्रिशुल लेख, कनकपत्र, ताम्रपत्र, दानपत्रहरुबाट देखिन्छ।”