Menu Close

नोबेल पुरस्कारको इतिहास

  • भुँडीपुराण प्रकाशनको “नोबेल पुरस्कारको इतिहास” भिमलाल लामिछानेद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।
  • नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड बर्नहार्ड नोबेलको जन्म स्वीडेनको राजधानी स्टकहोममा २१ अक्टोबर १८३३ मा भएको थियो। उनले कुनै विश्वविद्यालयबाट उच्च डिग्री हासिल गरी प्रमाणपत्र प्राप्त गरेका थिएनन्, तापनि पेरिस र अमेरिकामा विशेष अध्ययन गरी एक इन्जिनियर र रसायनशास्त्रका ज्ञाता भएका थिए।
  • उनको मृत्युपछि उनैको मन्जुरीनामा बमोजिम नोबेल पुरस्कारको स्थापना गरियो। सन् १९०१ देखि हरेक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, औषधी विज्ञान, साहित्य र शान्तिमा गरी पाँच विधामा नोबेल पुरस्कार दिँदै आएकोमा सन् १९६९ देखि अर्थशास्त्रमा पनि पुरस्कार दिने व्यवस्था गरी छवटा नोबेल पुरस्कारको वितरण गर्न थालियो।
  • यही पुरस्कारको अहिलेसम्मको इतिहास यस पुस्तकमा समावेश गरिएको छ।