भुँडीपुराण प्रकाशनको “झरनाको गीत” हरि खनालद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो।
झरनाको गीतमा कृपाजस्ती ज्ञानी नानीले काठमाडौं सहरको भ्रमण गरेकी छिन्, कोपिलाकी प्यारी हजुरआमा यसैभित्र बाँचेकी छिन्। झ्याउँकीरीले गीत यसैभित्र गाएकी छिन्। कृष्णले नदीभित्रको कथाव्यथा सुनाएको छ, हतपतको काम लतपत हुनाले पुन्टेले दुख पाएको छ।…