Menu Close

ह्विलचियरको जिन्दगी (सङ्घर्षशील जीवनकथा)

  • भुँडीपुराण प्रकाशनको “ह्विलचियरको जिन्दगी” कृष्णप्रसाद भण्डारीद्वारा तयार पारिएको सङ्घर्षशील जीवनकथा हो।
  • डा. देवी नेपालका शब्दमा “ह्विलचियरको जिन्दगी यथार्थ विषयवस्तुमा आधारित आख्यानात्मक जीवनीसंग्रह हो। यसमा वर्तमानमा अपाङ्गताका कारण परिस्थिति, परिवेश र सामाजिक चेतनासंग सङ्घर्ष गरिरहेका र साङ्गहरूको जीवनीलाई पनि चुनौती दिनेखालका अद्भुत कामहरू गरिरहेका पन्ध्र जना व्यक्तित्वहरूको जिवनगाथालाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ। स्रष्टा कृष्ण भण्डारी आफैं पनि त्यही परिवेशमा बाँचिरहेका व्यक्तित्व हुन्। उनको जीवनकथा पनि यहाँ प्रस्तुत पन्ध्र जना व्यक्तित्वहरूको भन्दा कम छैन।”