Menu Close

अविच्छिन्नता (उपन्यास)

  • भुँडीपुराण प्रकाशनको “अविच्छिन्नता” प्रा.डा. अर्जुनदेव भट्टद्वारा तयार पारिएको उपन्यास हो ।
  • उपन्यासबाट साभार, “मेरो जन्मभूमिबाट लाखौँ युवायुवतीहरू विदेशिन बाध्य छन् । यो अवस्था नै एक प्रकारको युद्धजस्तै हो । ज्येष्ठ नागरिक आफ्ना सन्तानबाट विमुख छन् । युवायुवतीको बैँस तड्पी–तड्पी निसास्सिएको छ । बच्चालाई आमाबाबुकै काख दुर्लभ हुँदै छ । कस्तो हो यो नयाँ परिपाटी ? ज्येष्ठ नागरिकलाई सन्तान हुर्काएबापत किन यो सजाय ?? जीवनको अन्त रेखामा पुग्दा किन त्यति ठूलो पीडा ???
    ***
    ‘क’ तिमी नसोच, यो मेरो मात्र वृत्तान्त हो । योभन्दा अझै धेरै गुना पीडा र अन्यायमा परेका युवती र नारीको जीवनवृत्तान्त तिमी थुप्रै सुन्न सक्छौ । त्यसैले मलाई लाग्छ – नेपाली छोरीको जीवन त एउटा मार्मिक कविता वा महाकाव्य हो । यहाँ जन्मनु नै एउटा वियोगान्त नाटकको ठेली हो ।”