Menu Close

पेम्बाको स्वर्ग (उपन्यास)

  • भुँडीपुराण प्रकाशनको “पेम्बाको स्वर्ग” केनी पाण्डेको अङ्‌ग्रेजी उपन्यास OTHER SIDE OF PARADISE को नेपाली रुपान्तरण हो ।
  • यो पुस्तक धीर भण्डारी र रुपेन्द्र पोखरेलद्वारा नेपाली रुपान्तरण गरिएको हो ।
  • पुस्तक मूलतः नेपाली र अमेरिकी समाजको सांस्कृतिक भिन्नताको चित्रणमा केन्द्रित रहेको भए पनि त्यतिमा मात्र सीमित छैन । यसले थाइल्यान्डको समाज, त्यहाँको यौन व्यवसाय, शहरिया युवतीहरूको जीवनको कारुणिक पक्ष पनि प्रस्तुत गरेको छ । पूर्वीय र पाश्चात्य संस्कृतिबीचको भिन्नता र त्यसले मानवीय जीवनमा पारेको नकारात्मक प्रभावको गहिरो चित्र उपन्यासले प्रस्तुत गर्छ ।