Menu Close

रातको प्रधानमन्त्री (कथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “रातको प्रधानमन्त्री” हरिराज भट्टाईद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • प्रा. दयाराम श्रेष्ठका शब्दमा, “समग्र कथाहरूले अर्थको तह अभिधात्मक वा प्रतीकात्मक नभएर अन्योक्तिमूलक भएकाले ‘छन्‌’ हुन गएको हो । यसको अर्थ के हो भने कथाकार हरिराज भट्टराईले पाठकवर्गलाई आफ्ना कथाहरुको वास्तविक ‘थिम’ बुझ्न दुई तहको जालो बुनेका छन् ।
    यस सङ्ग्रहमा प्रेम–प्रणय, सामाजिक विकृति र विसङ्गति, यौन मनोविज्ञान, नारीवाद, जीवनको चित्रण रीति वा आदर्श चेतना जस्ता विषयवस्तुहरु खोजे सायदै पाइन्छन् । पाइन्छन् भने यीभन्दा नितान्त फरक अमूर्त विषयवस्तुहरु ।”