भुँडीपुराण प्रकाशनको “रोग होइन, रोगीको उपचार” डा. ललितकुमार मिश्रद्वारा तयार पारिएको होमियोप्याथिक चिकित्सापद्धतिसम्बन्धी जीवनोपयोगी पुस्तक हो ।
गोपीकृष्ण ढुंगानाका शब्दमा, “अन्यत्र वर्षौंदेखि ठूलो धनराशी खर्चिएर पनि निको नभएका झन्डै दर्जन रोगबाट आफन्त रोगमुक्त भएपछि होमियोप्याथी उपचारमा विश्वास जागेको छ । तर यस पद्धतिमा रोगीले सबै समस्या निर्धक्क भन्ने र चिकित्सकले पनि अक्षरशः सुनेर रोगको निदान गर्ने अनि सोहीअनुसारको औषधी दिने र खानेले पनि नियमको पूर्ण पालना गर्ने हो भने नसोचेको परिणाम पाउनेमा ढुक्क छु ।”