भुँडीपुराण प्रकाशनको “भाषा शिक्षण र भाषाविज्ञानका प्रायोगिक सन्दर्भ” हिममाया पौडेलद्वारा तयार पारिएको पुस्तक हो ।
लेखकका शब्दमा, “भाषिक वाङ्मयका विभिन्न विधामध्ये भाषा शिक्षण र भाषाविज्ञान पनि महत्त्वपूर्ण विधा हुन् । भाषा शिक्षण भाषिक सिपको शिक्षण हो । विद्यार्थीको भाषिक व्यवहार (सुनाइ, बोलाइ, पढाइ र लेखाइको तरिका) मा सकारात्मक परिवर्तन आयो भने मात्र भाषा शिक्षण सफल भएको मान्न सकिन्छ । अझ यसमा भाषावैज्ञानिक मान्यता र प्रयोगपरक सुझबुझले प्रभाव पार्ने कुरा त मननीय नै छ ।”