भुँडीपुराण प्रकाशनको “विद्यार्थी आन्दोलन र राजनीति” नारायण खनालद्वारा तयार पारिएको वैचारिक पुस्तक हो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’का शब्दमा, “‘विद्यार्थी आन्दोलन र राजनीति’ पुस्तकले संक्षिप्तरूपमा भए पनि नेपालको भौगोलिक एकीकरणपछि बाँकी रहेको मनोवैज्ञानिक एकीकरणको कार्यभार हाम्रो नेतृत्वमा सञ्चालित महान् जनयुद्ध र हाम्रै पहलकदमी तथा नेतृत्वमा बनेको संविधानले मूलभूतरूपमा पूरा गरेको तथ्य औल्याएको छ, यो महत्त्वपूर्ण पक्ष हो । यो पुस्तकले अघि सारेको अर्को महत्त्वपूर्ण पक्षको रूपमा मैले ‘जलवायु परिवर्तन र समाजवाद’लाई लिएको छु । मरणासन्न पुँजीवादी व्यवस्थाबाट सिर्जित विश्वकै समस्याको रूपमा देखापरिरहेको जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्न मानवता, न्याय र समानतामा आधारित समाजवादी विश्व ब्यवस्था आवश्यक छ भन्ने पुस्तकको निष्कर्ष आधारभूत रूपमा सही छ । यो अवधारणालाई अझै विस्तार गर्दै युवा विद्यार्थीमाझ विश्वका तमाम् समस्याको समाधान समाजवादबाट मात्रै सम्भव छ भन्ने तथ्य स्थापित गर्नु आवश्यक छ ।”