Menu Close

आम्दानीको ठाउँ (नाटक)

  • भुँडीपुराण प्रकाशनको “आम्दानीको ठाउँ” अलेक्सान्द्र ओस्त्रोब्स्कीद्वारा तयार पारिएको रुसी नाटक हो ।
  • यो पुस्तकको नेपाली रुपान्तरण गोपीरमण उपाध्यायले गर्नुभएको छ ।
  • अलेक्सान्द्र ओस्त्रोब्स्की महान् रुसी नाटककार हुनुहुन्छ । उहाँकै समकालीन युवा साहित्यकार तथा विचारक निकोलाई दोब्रोल्यूवोवले ओस्त्रोब्स्कीका नाटकहरूमाथि गर्नुभएको समालोचनाले उहाँका नाटकहरूमा रहेको विशेषता स्वतः स्पष्ट हुन्छ ।
  • त्यसकारण रुसी महान् नाटककारको यो ‘आम्दानीको ठाउँ’ नाटकलाई नेपाली भाषामा रूपान्तर गरिएको छ ।
  • सामन्तवादको बिगबिगी बढटको रुसी समाजभित्रको भ्रष्टाचार अनाचार सदाचारको लडाइँ हो ।
  • आम्दानीको ठाउँको हाकिम भ्रष्टाचारी छ र उसँग त्यहाँ एउटा भ्रष्टाचारी समाज निर्माण भएको छ । यसलाई बूढो पुस्ताकाले ‘भगवान्‌को कृपा’ र ‘भाग्यको खेल’ भनेर सहज स्वीकार गरेको छ ।
  • यहि भ्रष्टाचारी समाजको सेरोफेरोमा घुमेको छ यो नाटक ।