Menu Close

नेपालमण्डलका सांस्कृतिक सम्पदाहरू

  • भुँडीपुराण प्रकाशनको “नेपालमण्डलका सांस्कृतिक सम्पदाहरू” प्रकाश दर्नालद्वारा तयार पारिएको पुस्तक हो ।
  • नेपाली मूर्तिकला (हिन्दु र बौद्ध), नेपाली वास्तुकला (हिन्दु र बौद्ध) र नेपालको धार्मिक इतिहास, परम्परा र विश्वासलाई बडो रोचक ढङ्गबाट केलाएर, अध्ययन, अनुसन्धान गरेर विविध लेखहरूको मालालाई जोडी एउटा पुष्प गुच्छाझैँ यो पुस्तक तयार पारिएको छ ।
  • उपत्यकाका तीन शहर र कीर्तिपुर समेतका धेरै पुरातात्विक एवं ऐतिहासिक कुराहरू प्रकाशमा आइसकेको भए तापनि उपत्यका वरिपरिका दोलखा, चित्लाङ, नाला, चौकोट आदि जिल्ला तथा शहरहरूको पुरातात्विक अध्ययनहरू पनि धेरै भैसके तापनि यस कृतिमा एकै ठाउँमा प्रस्तुत गरिएको छ ।