Menu Close

गणतान्त्रिक नेपालको संविधानः निर्माण प्रक्रिया, पात्र र अन्तर्वस्तु

  • ओरिएन्टल पब्लिकेशन हाउसद्वारा प्रकाशित “गणतान्त्रिक नेपालको संविधानः निर्माण प्रक्रिया, पात्र र अन्तर्वस्तु” कृष्ण खनालद्वारा तयार पारिएको ऐतिहासिक वैचारिक कृति हो ।
  • नेपालमा वैचारिक स्वतन्त्रता र नागरिक हकका लागि आन्दोलन भएको नौ दशक भइसक्यो । यस बीच अनेकौँ आरोह-अवरोह पछि गणतन्त्र स्थापना भएको छ । एक दशक त संविधानसभाद्वारा संविधानलाई लोकतान्त्रिक र समावेशी बनाउन नै लाग्यो । संविधान बनेपछि पहिलो आमचुनाव भएको लगभग पाँच वर्ष बित्दैछ । यो अवधिमा संविधानसभाले संविधान बनाएको पनि आधा दशक बितेको छ । यसको राजनीतिक र प्राज्ञिक मूल्याङ्कन गर्दै संविधान निर्माणको प्रक्रिया र अन्तर्वस्तुलाई समेत समेटेर यो पुस्तक लेख्नुभएको छ राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले ।