भुँडीपुराण प्रकाशनको “नोबेल पुरस्कारको इतिहास” भिमलाल लामिछानेद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।
नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड बर्नहार्ड नोबेलको जन्म स्वीडेनको राजधानी स्टकहोममा २१ अक्टोबर १८३३ मा भएको थियो। उनले कुनै विश्वविद्यालयबाट उच्च डिग्री हासिल गरी प्रमाणपत्र प्राप्त गरेका थिएनन्, तापनि पेरिस र अमेरिकामा विशेष अध्ययन गरी एक इन्जिनियर र रसायनशास्त्रका ज्ञाता भएका थिए।
उनको मृत्युपछि उनैको मन्जुरीनामा बमोजिम नोबेल पुरस्कारको स्थापना गरियो। सन् १९०१ देखि हरेक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, औषधी विज्ञान, साहित्य र शान्तिमा गरी पाँच विधामा नोबेल पुरस्कार दिँदै आएकोमा सन् १९६९ देखि अर्थशास्त्रमा पनि पुरस्कार दिने व्यवस्था गरी छवटा नोबेल पुरस्कारको वितरण गर्न थालियो।
यही पुरस्कारको अहिलेसम्मको इतिहास यस पुस्तकमा समावेश गरिएको छ।