Menu Close

बोकाको मन (व्यंग्य निबन्धसंग्रह)

  • भुँडीपुराण प्रकाशनको “बोकाको मन” काशीनाथ मिश्रितद्वारा तयार पारिएको व्यंग्य निबन्धसंग्रह हो।
  • लक्ष्मण गाम्नागेका शब्दमा “बोकालाई मान्छेले यसरी बन्दी बनाएको छ कि ऊ प्रेम गर्न, सहवास गर्न, वंश बिस्तार गर्न सबै मान्छेले खटाए अनुसार मात्र गर्न पाउँछ। बोको भन्छ, ‘मलाई मेरी पत्नीसँग सम्पर्क गरेबापत मेरी पत्नीको मालिकले भाडा तिर्नुपर्छ।’ यस्ता कैयौं विडम्बनाहरू एक बोकाले बताएको छ यस निबन्धमा। बोकाले मान्छेलाई कडा चेतावनी पनि दिएको छ। बोको भन्छ, ‘यो पृथ्वीमा शाकाहारी प्राणीलाई यी सर्वहारी मान्छेले सिध्याए भने प्रकृतिले मान्छेलाई नै बली माग्नेछ। बलीको बोको म होइन मान्छे नै हुनेछ।’ हो, वास्तवमा। बोकोको जति बुद्धि र दूरदर्शिता पनि हामी मानिसहरूसँग छैन।”