भुँडीपुराण प्रकाशनको “अतिक्रमण” खगेन्द्र थापाद्वारा तयार पारिएको कथा संग्रह हो।
यो पुस्तक समसामयिक घटनाहरूमा आधारित रहेर तयार पारिएको कथाहरुको संग्रह हो।
पुस्तकबाट साभार: “छोरीलाई पनि स्कुल पठाम्न हो र भन्या? पठाइहालिम भने कसले अर्छ घरको कामधन्ना? को जाला नि गाईबाख्रा चराम्न? अरूलाई धरालो राख्न पनि सक्तैनम हामेरु। कसले सगाउला त्यसकी पिण्ड रोगी आमालाई? फेरि हामेरु मेलापाताँ जाँदा बनाई-तुल्याई अरेर भाइलाई खुवाम्ने नि कोइ नाईं। बल्लतल्ल यसो सगाउनी भइचे भन्ने लाग्यो होला बालाई।”