भुँडीपुराण प्रकाशनको “पृथ्वी कसको?” मित्रलाल पंज्ञानीद्वारा तयार पारिएको कविता संग्रह हो।
लेखककै शब्दमा “यस पुस्तकमा भएका अधिकांश कविताहरु कुनै न कुनै ऐतिहासिक सन्दर्भसित गाँसिएका छन्। खास समयमा खास प्रवृत्तिलाई ताकेर रचिएका हुन्। ‘अब क्यै हुन्छ’, ‘जब जागृतिको भोर भयो’ र ‘घर’ बाहेक बाँकी जम्मै कविता दोस्रो जनआन्दोलनपूर्व करिब एक दसकको समयावधिमा रचिएका हुन्। ती प्राय: कविता कुनै न कुनै पत्रिकामा प्रकाशित छन्।”