Menu Close

माध्यमिक नेपाली उपन्यास र उपन्यास परम्परा

  • भुँडीपुराण प्रकाशनको “माध्यमिक नेपाली उपन्यास र उपन्यास परम्परा” डा.गणेशराज अधिकारीद्वारा तयार पारिएको समालोचना सामग्री हो।
  • लेखकले विद्यावारिधिको उपाधी प्राप्त गर्ने प्रयोजनमा संकलन र अध्ययन गरेका केही सामग्रीलाई प्रसोधन गरी यो पुस्तक एक सन्दर्भ पुस्तकको रुपमा ल्याइएको छ।
  • माध्यमिक कालमा केन्द्रित भएर वीरसिक्का देखी शर्मिष्ठा सम्मका सात वटा उपन्यास कृतिको औपन्यासिक तत्वका आधारमा केन्द्रित भएर समीक्षा गरिएको यो नै पहिलो कृति हो। यस कालखण्डभित्र वीरसिक्का ग्रन्थका हरिहर शर्मा लामिछाने र शिवदत्त शर्मा, विरचरित्रका गिरीशवल्लभ जोशी, प्रारब्ध दर्पणका गिरीशवल्लभ जोशी, महेन्द्रप्रभाका सदाशिव शर्मा अधिकारी, डाक्टर सूर्यप्रसादका पदमनाभ सापकोटा, चक्रपरिक्रमका बैजनाथ सेढाईं जोशी र शर्मिष्ठाका ऋद्धिबहादुर मल्लका निर्धारित उपन्यासका औपन्यासिक तत्त्वका आधारमा समीक्षा गरिएको छ।