Menu Close

ऋतुविचार (खण्डकाव्य)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “ऋतुविचार” कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचिएको खण्डकाव्य हो।कविशिरोमणिका आफ्नै शब्दमा:“यो उही ऋतु-विचार हो जो १९७३ सालमा सानू बुद्धिविनोदनामक प्रश्नावलीको साथ् ‘निर्णयसागर प्रेस’ बम्बईमा छापिएर प्रकाशित भयेको थियो, जुन बेला मैले यसको रचना गरेथें उस बेला यसले नेपाली समाजको दृष्टिकोणमा यतिसम्म प्रिय स्थान लिन सक्ला भन्ने मेरो…

भिखारी

मूल्य रु. ९०/- भुँडीपुराण प्रकाशनको “भिखारी” महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको कविता संग्रह हो।यो पुस्तक महाकवि देवकोटाका सशक्त कविताहरुको संगालो हो।

समयका छालहरू (कवितासंग्रह)

मूल्य रु. १९०/- भुँडीपुराण प्रकाशनको “समयका छालहरू” दीनानाथ शर्माद्वारा रचिएको कवितासंग्रह हो।नेपाली कम्युनिस्ट आन्दोलनमा एक नेताका रूपमा सुपरिचित तथा स्थापित रहिआउनुभएका दिनानाथ शर्मा नेपाली साहित्यका क्षेत्रमा पनि क्रियाशील बन्दै आउनु भएको छ।प्रस्तुत कविता संग्रहमा राष्ट्रिय स्वाधीनता, देशभक्ति, जनतन्त्र, जनहित, जनआन्दोलन, सामाजिक रूपान्तरणलगायतका विभिन्न विषय तथा भावधारामा आधारित कविताहरू समावेश गरिएका…

उज्यालोतिर

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “उज्यालोतिर” तारा गाउँलेद्वारा रचिएको कविता संग्रह हो।यस परिवर्तनशील दुनियाँलाई बुझ्ने सिलसिलामा कविले आफ्नो भोगाइमा जे देखे, बुझे त्यसलाई कवितामा उतार्ने कोसिस गरेका छन्।अनिल पौडेलका शब्दमा:“तारा लाभको भिडबाट अलग्ग बसे र सिर्जना कर्ममा तल्लिन रहे त्यसैबाट निरङ्कुश व्यवस्थालाई चिथोरेर र कोपरेर घाटमै पुर्याए। अढाइसय बर्ष पुरानो…

तरुण तपसी (नव्यकाव्य)

मूल्य रु. १८०/- भुँडीपुराण प्रकाशनको “तरुण तपसी” कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचिएको नव्यकाव्य हो।बालकृष्ण समका शब्दमा:“१. लेखनाथको स्पर्शले नेपाली कवितामा युग परिवर्तन भयो, त्यो संस्कृतजत्तिकै उच्च संस्कृत बन्यो। लेखनाथलाई पाएर नेपाली भाषा गौरवान्वित भयो।जब हामी एक-एक श्लोक पढ्दै जान्छौं, हामीलाई कुनै दिव्य सिंढी उक्लंदै गएको अनुभव हुन्छ- कत्रो गाम्भीर्य। कत्रो गुरुता…

मुनामदन (खण्डकाव्य)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “मुनामदन” महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको प्रसिद्ध खण्डकाव्य हो।पुस्तकबाट साभार:“मनको दु:ख मानेमा राख्छिन् नबोली छिपाई,छातीको शर, पन्छीको प्वाँख राख्तछ लुकाई,उज्यालो हुन्छ दिनको अन्त्यमा बत्तीको धिपधिपमा,वैलिँदो फूल झन् हुन्छ राम्रो शरद्को समिपमा,बादलको कालो किनार चाँदी, झन् जून उज्यालो,बिदाको वदन झल्कन्छ मनमा दु:खको उज्यालो,फूलमा खस्छन् शीतका आँसु आकाशमा…

पुतली र झुसिल्किरा

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “पुतली र झुसिल्किरा” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको कविताकाव्य संग्रह हो।कवि ज्ञवालीले आफ्ना लघुकाव्यहरूमा मानवेतर प्राणीमा मानवता पलाएको तर विज्ञानी मान्छेमा मानवताको ह्रास हुँदै आएको कटु सत्यलाई यस कृतिमार्फत छर्लंग पारेका छन्।

उद्दीपन (कवितासंग्रह)

मूल्य रु. १८०/- भुँडीपुराण प्रकाशनको “उद्दीपन” धर्म पोखरेलद्वारा तयार पारिएको कवितासंग्रह हो।यस कृतिभित्र सशक्त, जीवन्त, युगिन चेतना बोकेका जागरणमुखी, सुक्तिपूर्ण र खारिएका कविता समावेश छन्।यहाँका कविताहरू निर्दोष छन्दविधान छन्द कविताको मानकीकरण र अभिव्यक्तिको सूक्तिकरण अभियानका सशक्त नमुना बन्न पुगेका छन्।

सँघार (कवितासंग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सँघार” हरि खनालद्वारा तयार पारिएको कवितासंग्रह हो।पुस्तकबाट साभार एक अंश:“शिवजी सुरमा जब बस्नु भयो।सहरदे दिलमा तब पस्नु भयो।।दुखका सुखका परिदृश्य खुले।भरिए लहरा मनभाव फुले।।जननी सुर हुन् रसछन्द पिता।म त शब्द बनें धरणी कविता।।कति शैशव छन् कति बाल शखे।म सिकूँ रसले सुरभाव सके।।“

गतिमान् गण्डकी (खण्डकाव्य)

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “गतिमान् गण्डकी” मित्रलाल पंज्ञानीद्वारा तयार पारिएको खण्डकाव्य हो।मोदनाथ मिश्रितका शब्दमा “कविले सानो आकारको काव्यमा देश र मानवताका अनेकौं पक्षहरूलाई आफ्नो कल्पनाका बुट्टाले सजी अनुभूतिमा डुबाएर सजीव पारी प्रस्तुत गरेका छन् र लय मिलेको व्यवस्था ल्याउन छन्द र लयमै भावहरू पस्किएकाले ती बढी मनोहारी र प्रभावशाली…