Menu Close

अंशियार (गीतसङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “अंशियार” त्रिविक्रम पाण्डेद्वारा तयार पारिएको गीतसङ्ग्रह हो ।
  • गीतकारका शब्दमा, “राष्ट्रको म एक जिम्मेवार/उत्तरदायी/जवाफदेही गीतकार भएको नाताले मेरो विचारमा गीत सुनियोजित, सुललित, सुगठित मोहक शैलीमा विम्ब र प्रतीक आदिले सुसज्जित हुन्छ । एउटा सुन्दर गीतमा एउटा सुन्दर कवितामा पाइने सबै गुण रहेको हुन्छ । आधुनिक कवितामा जस्तै गीतको आफ्नै गन्ध हुन्छ, गीतको आफ्नै छन्द हुन्छ । गीतमा लय र तालको सङ्गम हुन्छ । त्यसैले, गीत अनुपम हुन्छ भन्दा अतिशयोक्ति नहोला । गीत मुटुको धुकधुकीसँग बढी सम्बन्धित हुने हुँदा गीत संवेदनशील र कोमल पनि हुन्छ ।”