Menu Close

अर्धकदको अवसान (निबन्धसङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “अर्धकदको अवसान” ज्ञानेन्द्र विवशद्वारा तयार पारिएको निबन्धसङ्ग्रह हो ।
  • तेजेश्वरबाबु ग्वंगःका शब्दमा, “प्रस्तुत ‘अर्धकदको अवसान’ निबन्धले वरण गरेका र गर्न खोजेका भाव कलामय संरचनामा सम्प्रेषित हुनु र तिनले पाठकका मनलाई पाठकीय आनन्द प्रदान गर्न सक्नु ठूलो उपलब्धि हो भन्ने मलाई लाग्छ । सङ्ग्रहभित्रका निबन्धहरु पढिरहँदा म आफैंले पनि यस्तो महसुस गरेको छु ।
    निबन्ध पढ्दाका आनन्द यस्तै अनुपम क्षणले चस्काइदिने सुझबुझ हुन् भन्ठान्छु । पढ्दाका श्रेयष्कर क्षण यस्तै चिन्तन चस्काइ हुन् । जहाँ चिन्तन चस्काइहरु चस्किन थाल्छन्, त्यहाँ अनुपम आनन्दले जीवन अनुप्राणित बन्न पुग्छन् । पढ्दा र पढ्नुको जीवनदायी अनुराग गृष्मको छहारी, मन्द पवन, रातको ज्योतिर्विम्ब, तिर्खाको पानी, थकानको बिछ्यौना, रातको निद्राजस्तो बन्दोरहेछ । जहाँ कला पनि छ अनुभूतिमा र सौन्दर्यमय छन् भावनाहरु ।
    जीवन र प्रवृत्तिलाई निकै नै नजिकबाट नियालेर कलात्मक मौलिकताले अभिव्यक्तिको आकार दिनु धेरै ठूलो कुरा र कर्म हो । सिर्जनधर्मलाई गहन ठानेर, मानेर निबन्धमा मिठासयुक्त शब्दहरुको सरल शैली छ । निबन्धमा महसुस गर्न सकिने उल्लेख्य पाटो भनेको प्रेम, प्रवृत्ति र जीवनलाई उचाइमा पुर्याएर भावनाको खेती गरिएको छ ।”