Menu Close

गाउँ गाउँमा गवेषणा

  • भुँडीपुराण प्रकाशनको “गाउँ गाउँमा गवेषणा” चूडामणि बन्धुद्वारा तयार पारिएको पुस्तक हो ।
  • ‘गाउँ गाउँमा गवेषणा’ लेखकले नेपालका गाउँ गाउँको भ्रमण गरेर सम्पन्न गरेका अनुसन्धानको विवरण हो । यसमा वि.सं. २०२४ सालदेखि २०६९ सालसम्म देशका विभिन्न गाउँमा पुगेर भाषा र संस्कृतिका सामग्रीको सङ्कलन गर्दाका अनुभवलाई लिपिबद्ध गरिएको छ । वि.सं. २०२४ सालमा वागमती र जनकपुर अञ्चलमा केही जिल्लाहरूमा बोलिने भाषाहरूको सर्वेक्षण, २०२५ सालमा चेपाङहरूको अध्ययन, २०२७ सालमा सिन्जालीको अध्ययन, २०४४ सालमा राउटेहरूको अध्ययन, २०४४ मा राना थारुको सांस्कृतिक अध्ययन, २०४५ देखि नै पटक पटक कुसुन्डाको खोजी, २०६२ मा गन्धर्बहरूको लोकसांस्कृतिक अध्ययन अनि २०६५ र त्यसपछिको भाषा सर्वेक्षण कार्यक्रममा सहभागिता जस्ता विशेष अनुसन्धान कार्यक्रमबारेका आलेखहरू यस पुस्तकमा रहेका छन् ।