Menu Close

यो मन कहाँ दुख्छ (निबन्धसङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “यो मन कहाँ दुख्छ” अनिल श्रेष्ठद्वारा तयार पारिएको निबन्ध सङ्ग्रह हो ।

  • पुस्तकबाट साभार, “जिन्दगी, साना–साना कुराले टाल्दै हिँड्नुपर्ने । सिलायो, फुस्किन्छ । फेरि सिलायो, फेरि फुस्किन्छ । मन कहिले सियो बनिदिन्छ । मन कहिले धागो बनिदिन्छ । टाल्दाटाल्दै जिन्दगी मक्किएरै जानुपर्ने । च्यातिएरै सकिनुपर्ने । किन यो मनसँग आज मलाई यति धेरै घोत्लिरहन मन लागिरहेछ !

    अचम्मको छ यो मन । कतिले कतिलाई रुवाएको छ । कतिले कतिलाई दुखाएको छ । कतिले कतिलाई निस्फिक्रीसँग हँसाएको पनि छ । भन्छन् नि, ‘मन रोएको देखिँदैन । मन बिमारी भएको औषधि लाग्दैन ।’ बिचरा ! चिकित्सकहरू, शरीरको घाउ पो देख्छन् । उपचार गर्छन् र निको बनाउँछन् । मनको घाउ देख्दैनन् । जाँचपड्ताल गर्छन् । सबै अङ्गहरू हेर्छन् । सबै उस्तै दुरुस्तै छन् । कुनै सङ्क्रमण देखिँदैन । अनि भिटामिनको झोल लेखिदिन्छन् र भन्छन्, ‘लाऊ, यो खाऊ र एक हप्तापछि आऊ ।’”