भुँडीपुराण प्रकाशनको “सामान्य भाषाविज्ञान” प्रा.डा. देवीप्रसाद गौतम र डा. प्रेमप्रसाद चौलागाईंद्वारा तयार पारिएको सन्दर्भ पुस्तक हो ।
यस पुस्तकमा सामान्य भाषाविज्ञानसँग सम्बद्ध गहन र सूक्ष्म विषयलाई पर्याप्त मात्रामा उदाहरण, आवश्यक स्थलमा बुँदा, तालिका, आरेख, वृक्षारेख र सूत्रहरूका माध्यमबाट सरल रुपमा प्रस्तुत गरिएको छ ।
विषयवस्तुको प्रकृतिअनुरुप आगमनात्मक, निगमनात्मक र व्याख्यात्मक विधिको उपयोग गरी लेखिएको प्रस्तुत पुस्तकमा यथासम्भव नेपाली भाषाबाट उदाहरणहरू दिइएका छन् ।
विशेष गरेर नेपाली स्नातकोत्तर तहको ऐतिहासिक तथा सामाजिक भाषाविज्ञानको अध्ययन र अध्यापनका लागि सरल, तथ्यपरक र शोधमूलक सामग्री सहज रुपमा एउटै पुस्तकमा उपलब्ध हुन सकोस् भन्ने उद्देश्यले हामीले यो पुस्तक तयार पारेका छौँ ।
यसैले प्रस्तुत पुस्तक स्नातकोत्तर तहका विद्यार्थीका लागि आधिकारीक पाठ्यपुस्तककै रुपमा रहेको छ भने दर्शनाचार्य र स्नातक तहका विद्यार्थीका लागि पनि यसले सन्दर्भ सामग्रीको काम गर्ने छ भन्ने हाम्रो विश्वास छ ।