Menu Close

उमिहोतारू (नियात्रा सङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “उमिहोतारू” कृष्ण बजगाईंद्वारा तयार पारिएको नियात्रा सङ्ग्रह हो ।
  • जापानी शब्द ‘उमिहोतारू’को नेपाली अर्थ हुन्छ- समुद्री जूनकिरी ।
  • तीन दशक लामो नेपाली नियात्रा लेखनबाट अनुभवप्राप्त कृष्ण बजगाईंको यो चौथो नियात्रापरक कृति समुद्री जूनकिरीझैँ नेपाली साहित्यको विशाल आयतनभित्र चम्किरहने विश्वास गरिएको छ ।
  • जापान, अमेरिका र बेलायतका यात्राजन्य अनुभूति र यायावरीय विषयवस्तुको साधारणीकरणका कारण पनि यो आफैमा सूचनामूलक र ऐतिहासिक बनेको छ ।
  • नेपाली नियात्रा परम्परामा यसले समेटेका विषयवस्तु, स्थानीय रङ र ऐतिहासिक तथा सांस्कृतिक झाँकीहरू निश्चय नै अतुलनीय छन् ।
  • अगिल्ला तीन नियात्रासङ्ग्रह जस्तै यस नियात्रासङ्ग्रहभित्रका एक्काइस नियात्राहरूले पनि उँचाइ कायम राख्नेछन् ।