Menu Close

शिक्षा र विकास (कक्षा १२)

  • भुँडीपुराण प्रकाशनको “शिक्षा र विकास (कक्षा १२)” चन्द्रबहादुर श्रेष्ठ र सम्झना बस्न्यातद्वारा तयार पारिएको पाठ्यसामग्री हो।
  • यस पुस्तकलाई पाठका सम्पूर्ण पक्ष समेट्ने उद्देश्यका साथ सरल भाषामा प्रस्तुत गरिएको छ।
  • भौगोलिक विकटताबीच सम्पूर्ण सामग्रीहरू समेट्ने पाठसामग्रीको अभाव खड्किरेको यस घडीमा परिवर्तित नयाँ पाठ्यक्रममा आधारित भएर आवश्यकताअनुसार प्रयोगात्मक क्रियाकलाप र नमुना प्रश्नसहित सरल ढंगले तयार गरिएको छ।
  • निर्धारित पाठ्यक्रममा विषय विस्त्रीतीकरणको अभाव, पाठ्यक्रम नेपाली भाषामा प्रस्तुत गरिएको, आधिकारिक सन्दर्भ सामग्रीको अभाव तथा विषयवस्तुको क्षेत्र र क्रमको जटिलताले गर्दा पुस्तक लेखन कार्यमा लेखकहरूलाई निकै कठिनाइ भएको महसुस भएको छ।
  • अङ्ग्रेजी भाषामा प्राप्त कतिपय सामग्रीलाई जबर्जस्ती नेपालीमा रूपान्तरण गर्दा अर्थको अनर्थसमेत लाग्न सक्ने भएकोले अङ्ग्रेजी भाषामा नै प्रस्तुत गरिएको छ। यसबाट अङ्ग्रेजी माध्यममा लेख्ने विद्यार्थीलाई सहयोग पुग्ने नै छ।