भुँडीपुराण प्रकाशनको “शैक्षिक योजना तथा व्यवस्थापनको वर्तमान प्रवृत्ति” त्रिभुवन विश्वविद्यालयद्वारा निर्धारित शिक्षाशास्त्र सङ्कायको M.Ed. द्वितीय सेमेस्टरको परिमार्जित पाठ्यक्रममा पूर्ण रूपमा आधारित सरल ढङ्गले सम्पूर्ण सामग्री समेटी तयार गरिएको पाठ्यपुस्तक हो।
यो पुस्तकलाई नेपाली भाषामा लेख्ने प्रयास गरिएको छ तर पनि कतिपय भनाइ, परिभाषाहरूलाई जबर्जस्ती नेपाली रूपान्तरण गर्दा अर्थको अनर्थसमेत लाग्न सक्ने एवं कतिपय प्रचलित नेपाली शब्दहरूको समेत अभाव हुने र उच्च तहका लागि तयार पारिएको पाठ्यसामग्री भएकाले पनि कतिपय सामग्रीहरू अङ्ग्रेजी भाषामा नै प्रस्तुत गर्नुपरेको छ।