Menu Close

चड्याम्म (मुक्तक संग्रह)

  • भुँडीपुराण प्रकाशनको “चड्याम्म” लोकनाथ पुडासैनीद्वारा रचिएको मुक्तक संग्रह हो।

  • पुस्तकबाट साभार:
    पाशुपत् क्षेत्रमा सदिऔंदेखि बाँदरहरूको झांकी छ
    मोक्ष प्राप्तिका आपेक्षिकहरूको निकै लामो ताँती छ
    पार लगाउलान् कि भनेको भाङधतुरोमै लटठिन थाले,
    अब त यिनका गालामा चड्याम्म पार्न मात्र बाकी छ।

    उपर्युक्त मुक्तकमा नेपाल राज्यलाई पाशुपत् क्षेत्रको बिम्बद्वारा संकेत गर्दै यहाँको अस्थिर राज्यव्यवस्थालाई बाँदरहरूको झाँकीको संज्ञा दिइएको छ। भक्तहरूको उद्धार गर्नुभन्दा भाङधतुरो तानेर आफैंमा लट्ठ परेका पशुपतिनाथको बिम्बले चाहिँ देशको समृद्धि र जनचाहनालाई एकातिर पन्छाएर व्यक्तिगत स्वार्थमा लीन भएका नेताहरूलाई संकेत गरेको छ। यसरी अर्थको साङ्केतिक अभिव्यक्ति रहेको उपर्युक्त मुक्तक शिल्प प्रयोगको दृष्टिले पनि अब्बल र सबल ठहरिएको छ।”