Menu Close

भुन्टे (खण्डकाव्य)

  • भुँडीपुराण प्रकाशनको “भुन्टे” जगन्नाथ दाहालद्वारा तयार पारिएको गीति-खण्डकाव्य हो।
  • यो पुस्तक नेपाली समाजकै सुख-दुख, हर्ष-विस्मात, व्यथा-वेदना झल्काउने कारूणिक काव्य हो।
  • यो काव्य नेपाली लोकलय (झ्याउरे) मा लेखिएको छ।
  • भुन्टे गोठालो गएर फर्कनु, मनमनै पिरिनु, लाहुर जान भुन्टीसँग भुन्टेले बिदा माग्नु, भुन्टे काठमाडौं आउनु र पटना पुग्नु, भुन्टीले घरमा बिलौना गर्नु, भुन्टी विरामी पर्नु, भुन्टेले विरामी परेको सपना देख्नु, भुन्टीले चिट्ठी पठाउनु, चिट्ठी पाएपछि भुन्टे बेहोस हुनु जस्ता अनेक प्रसङ्ग यस काव्य भित्र छन्।
  • गाउँ र सहरको यथार्थ चित्रभित्रै साहू र आसामीको प्रसङ्ग, गरीबी र विवशताका क्षण काव्यभित्र निकै छन्।