मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “यात्राको लय” प्रदीप सापकोटाद्वारा तयार पारिएको नियात्रासङ्ग्रह हो ।यात्राको रहर जहिल्यै तीव्र रूपमा मनभित्रदेखि उर्लिन्छ । तर चाहँदैमा नहुने रहेछ । यात्राका लागि धेरै कुरा मिल्नुपर्ने रहेछ । आजभन्दा झन्डै दुई दशक पहिले रेडक्रसले टनकपुरसम्म पुग्ने अवसर जुटाइदियो । जहाँ लेखक शोकमग्न बनेर दुखाइए ।…
मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “अविश्रान्त पाइलाहरू” नरेन्द्रराज पौडेलद्वारा तयार पारिएको नियात्रा हो ।
मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “राराको डिलमा” प्रा.डा. कपिल लामिछानेद्वारा तयार पारिएको नियात्रा हो ।प्रस्तुत नियात्रामा लामिछानेले राराको परिवेशको जीवन्त चित्रणमात्र गर्नुभएको छैन, मुगुको आर्थिक, सामाजिक सांस्कृतिक जनजीवन र जीवनपद्धतिको सजीव तस्बिरसमेत उतार्न भ्याउनुभएको छ । नियात्रा पढ्दै जाँदा भावक नाग्मा-गमगढी सडक हुँदै लेखकसँगै गमगढी बजार पुग्छ । एकाबिहानै चङ्खेली,…
मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “युङफ्राउ” कृष्ण बजगाईंद्वारा तयार पारिएको नियात्रा हो ।स्विजरल्यान्ड, ग्रिस, पोर्चुगल र बेलायतका सत्ताइसओटा नियात्राहरू सङ्गृहीत युङफ्राउमा पश्चिमी साहित्य, दर्शन, कला, धर्म, संस्कृति आदिका नवीन जानकारी र समुद्रदेखि हिमालसम्मका रोचक तथा रोमाञ्चकारी यात्रावर्णन रहेका छन् ।बेलायत र बेल्जियममा चौबिस वर्ष बिताइका डायस्पोरिक साहित्यकार कृष्ण बजगाईं नेपाली…
मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “डोहोडोहो डोल्पो” रञ्जु दाहालद्वारा तयार पारिएको नियात्रा हो ।पुस्तकबाट, “डोल्पायात्राले रञ्जुको आत्मविश्वास र अठोटलाई उजागर गरेको छ । परिस्थिति कठिन छ तर आफूले गरेको निर्णयबाट उनी पछि हट्दिनन् । अहिलेका नारी जुझारु छन् । उनी पनि सरल छिन् तर अडिग छिन् । मन कमलो छ,…
मूल्य रु. ५९०/- भुँडीपुराण प्रकाशनको “उत्तरी ध्रुवतिर टहलिँदा” हेम अधिकारीद्वारा तयार पारिएको नियात्रासङ्ग्रह हो ।कृति लेखनको आरंभ यात्रारम्भदेखी छ । काठमाडौँदेखि लामो हवाइ उडान सम्झँदै र भोग्दै, अनुभूति गर्दै अन्तर्राष्ट्रिय जेट विमान इस्तानबुलको मार्ग हुँदै क्यानडा पुगेको निबन्धले दैलो उघार्छ । त्यसपछि नेपाल फर्किंदा कयानडाको मोन्ट्रियलदेखि हमाद विमानस्थल दोहा कतारको…
मूल्य रु. ६००/- भुँडीपुराण प्रकाशनको “बादलडाँडा” राजेन्द्रमान डङ्गोलद्वारा तयार पारिएको नियात्रासङ्ग्रह हो ।लेखकका शब्दमा, “यो नियात्रासङ्ग्रह ‘बादलडाँडा’ को पृष्ठभूमि बन्यो- हाम्रै धर्तीको सुरम्यता । मैले यसलाई प्रकृति, मानव संस्कृति र इतिहासको धागोले तुनेको छु । पर्यटन जसले मेरो पूर्व-धारणालाई परिवर्तन गरायो र आम मान्छे, समय संस्कृति, भूगोलसँग अन्तरक्रिया गर्न अभ्यस्त…
मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “उमिहोतारू” कृष्ण बजगाईंद्वारा तयार पारिएको नियात्रा सङ्ग्रह हो ।जापानी शब्द ‘उमिहोतारू’को नेपाली अर्थ हुन्छ- समुद्री जूनकिरी ।तीन दशक लामो नेपाली नियात्रा लेखनबाट अनुभवप्राप्त कृष्ण बजगाईंको यो चौथो नियात्रापरक कृति समुद्री जूनकिरीझैँ नेपाली साहित्यको विशाल आयतनभित्र चम्किरहने विश्वास गरिएको छ ।जापान, अमेरिका र बेलायतका यात्राजन्य अनुभूति…
मूल्य रु. १८०/- भुँडीपुराण प्रकाशनको “अमेरिकामा ९० दिन” राम विनयद्वारा तयार पारिएको नियात्राकृति हो।ठिक डेढ दशकअघि श्रष्टा राम विनय आफ्नी श्रीमतीसहित अमेरिकाको भ्रमणमा निस्किनुभएको थियो।अमेरिकामा करिब तीन महिनासम्म बस्दा र त्यस मुलुकका केही प्रसिद्ध ठाउँहरूको भ्रमण गर्दा उहाँले अमेरिकी र नेपाली समाजबीच तुलना गर्न चाहनु भयो।अमेरिकामा गैर बसोबास गरेका नेपालीहरूको…