Menu Close

Tag: collection

मार्क्सवाद र एनजीओ (विचार)

मूल्य रु. ५५०/- भुँडीपुराण प्रकाशनको “मार्क्सवाद र एनजीओ” हुकुमबहादुर सिंहद्वारा तयार पारिएको वैचारिक पुस्तक हो ।पुस्तकबाट साभारः “वर्तमानमा नेपाली कम्युनिस्ट आन्दोलन साँचो अर्थमा सर्वहारावादी रहन कठीन देखिएको छ । कम्युनिस्टको नाममा अनेकौँ संसदवादी कम्युनिस्टहरूको वर्चस्व छ । तैपनि अहिले नेपाली कम्युनिस्ट आन्दोलनभित्र राजनीतिक ध्रुवीकरण समुद्रको पिंधमा आएको ज्वारभाटाजस्तै भएको छ…

दार्शनिक विचार (गोष्ठीपत्र)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “दार्शनिक विचार” गोपीरमण उपाध्यायद्वारा तयार पारिएको पुस्तक हो ।यसै पुस्तकबाटः “हाम्रो नेपाली समाजको आम दार्शनिक चेतना यी नै वैदिक एवं उपनिषद् वाङ्‌मय, पौराणिक साहित्य र धर्मशास्त्रहरूबाट निर्मित भइरहेको छ । जसको मुख्य सार आम जनतालाई पर्पुरो, परमेश्वर, परलोक, पुनर्जन्म र परम्परामा आधारित हुने खालको प्रगति…

शब्दबिम्बमा सत्यमोहन

मूल्य रु. ५९०/- भुँडीपुराण प्रकाशनको “शब्दबिम्बमा सत्यमोहन” गोपीकृष्ण ढुंगानाद्वारा तयार पारिएको लेख/आलेख सङ्ग्रह हो ।सम्पादकका शब्दमाः“सत्यमोहन अर्थात् सगरमाथा !सादा जीवन, सकारात्मक सोच, सक्रिय जीवन अर्थात् सत्यमोहन ।सत्यमोहन अर्थात् शताब्दी लामो समयको प्रतिबिम्ब ।सत्यम्, शिवम्, सुन्दरम् अर्थात् शिवजस्तै सुन्दर अनि सत्य पनि ।समयले बनायो सत्यमोहन, सत्यमोहनले बनाए समय ।”

चतुरे र चमेली भाग-१ (गाउँखाने कवितासंग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “चतुरे र चमेली भाग-१” कर्कट काश्यप (सरोज घिमिरे)द्वारा रचिएको एक गाउँखाने कवितासंग्रह हो।चतुरे र चमेली भाग-१ मा रोचक रोचक गाउँखाने कथाहरु बालबालिकाका लागी सरल ढंगबाट प्रस्तुत गरिएका छन्।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।