Menu Close

आन्द्रालोक

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “आन्द्रालोक” कवि अर्जुनप्रसाद पराजुलीद्वारा तयार पारिएको हास्य-व्यंग्य संग्रह हो।रामकुमारका शब्दमा “आजको युग व्यंग्य-विस्फोटको युग हो। यो उच्चकोटीको साहित्यमा प्रतिष्ठापित छ। व्यंग्यरचना समसामयिकतामा जति खुल्छ र बोल्छ त्यो अरूमा पाइन्न। बाटा- दोबाटामा किस खाएकादेखि शासक-प्रशासकले घूस खाएकोसम्म, नेताले धोका दिएकोदेखि सांसदलाई बोका बनाएको किस्सामा व्यंग्य नबजारी…

भोकासुर (हास्यव्यंग्य)

मूल्य रु. ८०/- भुँडीपुराण प्रकाशनको “भोकासुर” हरि खनालद्वारा तयार पारिएको एक हास्य व्यंग्य संग्रह हो।स्रष्टा हरि खनालले राजनीतिक विसंगतिका कारण मुलुकले बेहोर्नु परेको अधोगतीलाई गम्भीर ढंगले प्रस्तुत गर्दै संगतिको आग्रह गर्नुभएको छ।यस कृतिमा थोरै शब्दमा व्यापक क्षेत्र र विकृतिहरमाथि सशक्त प्रहार गरिएको छ।यस पुस्तकमा सुकेलुतो लागेको हाम्रो समग्र सामाजिक जीवनमा…

छेपाराको रङ (हास्यव्यंग्यात्मक गजल संग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “छेपाराको रङ” मरूभूमि नारायणद्वारा तयार पारिएको हास्यव्यंग्यात्मक गजल संग्रह हो।प्रस्तुत पुस्तकमा विषयवस्तुको मूलस्रोत नेपाली समाजको वर्तमान विसंगत पर्यावरण रहेको छ।यस गजल संग्रहले नेपाली समाजमा व्याप्त अनाचार, दूराचार, नेताका भ्रष्ट मानसिकता, परनिर्भर चिन्तन र तस्करतन्त्रले खडा गरेको बिब्ल्याँटो परिस्थितिलाई परिहासपूर्ण तरिकाले प्रस्तुत गरेको छ।

चट्याङगीता

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “चट्याङगीता” चट्याङ मास्टरद्वारा रचिएको हास्य व्यंग्य संग्रह हो।यस पुस्तकमा समसामयिक तथा राजनीतिक विषयलाई लिएर व्यंग्यको झटारो हानिएको छ।व्यंग्यमा रुची भएका पाठकहरुले छुटाउनै नहुने पुस्तक!!

चट्याङका उटपट्याङ

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “चट्याङका उटपट्याङ” माणिकरत्न शाक्यद्वारा संकलन/सम्पादन गरिएको हास्य व्यंग्य संग्रह हो।यस पुस्तकमा हास्य र व्यंग्यका बेग्लै खालका, पुस्तकाकार (चट्याङ्ग मास्टर)का रूपमा आउने सम्भावना भएका रचनाहरु मात्र संग्रहित गरिएको छ।छोटो अवधिमा तयार पारिएको यस कृतिले हास्यव्यंग्यका पाठकहरुलाई भने भरपुर मनोरंजन दिनेछ भन्ने विश्वास हामीले गरेका छौं।

खुसुक्क भन्नुस्

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “खुसुक्क भन्नुस्” गोपालराज मैनाली र माणिकरत्न शाक्यद्वारा तयार पारिएको एक हाँस्य व्यंग्य संग्रह हो।कृष्णप्रसाद पराजुलीका शब्दमा “मैनाली आफ्ना जुनसुकै रचनामा थोरैमा धेरै कुरा व्यक्त गर्छन् – खिरिलो र सजिलो भाषामा खँदिलो र गहकिलो भाव प्रवाहित गर्ने कला उनीमा छ।”संकलक झ्याइकुटीका शब्दमा “यस कृतिमा उहाँ (गोपालराज…

सिस्नुपानी उखान

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “सिस्नुपानी उखान” माणिकरत्न शाक्यद्वारा तयार पारिएको साहित्यिक पुस्तक हो।यो पुस्तकमा रमाइला रमाइला उखानहरु संकलन गरिएका छन्।यो पुस्तक खाली समयमा रमाइलोको लागी पढ्न सकिन्छ।