Menu Close

राज्यसत्तामा कम्युनिस्टः क्रान्ति र भ्रान्ति

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “राज्यसत्तामा कम्युनिस्टः क्रान्ति र भ्रान्ति” भरत सी ‘रणवीर’द्वारा तयार पारिएको वैचारिक पुस्तक हो ।विप्लव ‘सी’का शब्दमा, “अध्ययन, व्यवहार र प्रयोगबाट मान्छेले जति असल ज्ञानहरू सङ्‌गृहीत गर्छ, ती सजीव र वैज्ञानिक हुन्छन् । ती ज्ञानलाई एउटै लहरमा सूत्रबद्ध गरेपछि एउटा तागत पैदा हुन्छ । हामीले नेपाली…

यथार्थवादी रचनादृष्टि र विवेचना

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “यथार्थवादी रचनादृष्टि र विवेचना” निनु चापागाईंद्वारा तयार पारिएको पुस्तक हो ।लेखकका शब्दमा, “म मार्क्सवादी सौन्दर्यशास्त्रको एउटा साधारण विद्यार्थी मात्र हुँ । तर मार्क्सवादी सौनदर्यचिन्तनलाई सही रूपमा ग्रहण गर्न आलोचनात्मक दृष्टि नराखी लगनशील अध्येता हुनु मात्र पर्याप्त हुन्छ भन्ने म ठान्दिँन । आलोचनात्मक अध्ययनकै परिणामस्वरूप यी…

रस र सृजना (समालोचना)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “रस र सृजना” डा. जितबहादुर गिरीद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।पश्चिम नेपालको राप्ती क्षेत्रका समग्र कृति मध्ये प्रतिनिधिमूलक पद्यात्मक काव्य कृतिलाई आधार मानेर तयार पारिएको यो कृति नेपाली भाषा र साहित्यका क्षेत्रमा आजसम्मकै उत्कृ्ष्ट र नवीन प्रक्रियाको सृजनात्मक समालोचकीय पुस्तक हो ।त्यस क्षेत्रका सकेसम्म…

मन्दोदरीदेखि मार्क्ससम्म (समाज, संस्कृति र साहित्यविमर्श)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “मन्दोदरीदेखि मार्क्ससम्म (समाज, संस्कृति र साहित्यविमर्श)” राप्रउ पोखरेलद्वारा तयार पारिएको पुस्तक हो ।हाम्रो राजनीतिक पाटोको जटिलताले समाजका अरु महत्त्वपूर्ण पक्षहरू ओझेलमा परिरहेका छन् । हामी मूलतः अझै धेरै कुरामा अशिक्षित नै छौँ । लोकतन्त्रको आधारभूत व्यवहार भनेकै निर्वाचित जनप्रतिनिधिबाट राज्यसञ्चालन गरिने व्यवस्था हो तर मतदातामा…

अनुसन्धानात्मक लेख, समालोचना र कृति परिचय

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “अनुसन्धानात्मक लेख, समालोचना र कृति परिचय” डा. बाबुराम आचार्यद्वारा तयार पारिएको कृति हो ।यो पुस्तक अनुसन्धानात्मक लेख लेख्न चाहनेहरूका लागि बढी उपयोगी हुनेछ ।नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयलगायत नेपालका सबैजसो विश्वविद्यालयसँग सम्बद्ध सेवा आयोगले शिक्षणका लागि खोलिने आन्तरिक तथा खुलातर्फका विभिन्न पदका विज्ञापनमा अनुसन्धानात्मक लेखका…

कथा परिशीलन (समालोचना)

मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “कथा परिशीलन” प्रा.डा. गोपीन्द्र पौडेलद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।यस पुस्तकमा सङ्कलित समालोचनामध्ये चारओटा समालोचनाहरू जनयुद्धको विषयप्रसङ्गमा आधारित छन् । तिनमा जनयुद्धको प्रसङ्ग नै केन्द्रीय विषय बनेर आएको छ । त्यसो त अन्य केही समालोचनामा पनि प्रसङ्गवश जनयुद्धको विषयले प्रवेश पाएको छ । समकालीन…

स्रष्टा, समीक्षा र संस्कृति (समालोचना)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “स्रष्टा, समीक्षा र संस्कृति” प्रा.डा. गोपीन्द्र पौडेलद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।यस पुस्तकमा विषयगत एवं विधागत विविधता रहेको छ । यसमा तीनओटा विषय/विधागत आयामका पन्ध्रओटा आलेख समावेश भएका छन् ।स्रष्टा खण्डमा समावेश भएका स्रष्टाहरूमध्ये एकातिर राष्ट्रिय स्तरका शीर्ष प्रतिभा बारेको जीवनवृत्त, व्यक्तित्व वृत्त तथा…

वृद्ध मनोविज्ञान र साहित्य

मूल्य रु. २२०/- भुँडीपुराण प्रकाशनको “वृद्ध मनोविज्ञान र साहित्य” बद्रीप्रसाद ढकालद्वारा तयार पारिएको ज्येष्ठ साहित्य सम्बन्धी पुस्तक हो ।यस पुस्तकमा पाका उमेरका वा वृद्ध मानिसका जीवनका अनुभव र अनुभूतिसँगै उनीहरूको मनोविज्ञान, मनोविष्लेषण तथा साहित्यमा तिनको प्रयोगका विषय समेटिएका छन् ।वृद्ध वा पाका मान्छेका जीवनमा देखिएका संवेग, अनुभूति र भइरहेका घटना…

सौन्दर्य र सँस्कृति चिन्तन

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “सौन्दर्य र सँस्कृति चिन्तन” ईश्वरचन्द्र ज्ञवालीद्वारा तयार पारिएको पुस्तक हो ।यस कृतिमा लेखकले अनुसन्धानात्मक, खोजमूलक, विश्लेषणात्मक एवम् चिन्तनपरक लेख रचनाहरू पस्केका छन् । खास गरी सँस्कृतिका बारेमा यहाँ गहकिलो अध्ययन पाइन्छ ।त्यसैगरी साँस्कृतिक रूपान्तरण वा साँस्कृतिक परिवर्तनद्वारा नयाँ सँस्कृति निर्माणको प्रश्नलाई गाढा विश्लेषण गरिएको छ…

नेपाली कथा र कथाकार (समालोचना)

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “नेपाली कथा र कथाकार” डा. वासुदेव गौतमद्वारा तयार पारिएको समालोचनात्मक कृति हो ।प्रस्तुत पुस्तकमा सैद्धान्तिक पक्षलाई अत्यन्त सरल भाषाशैलीमा लेखिएको छ । सैद्धान्तिक विश्लेषण सरल र स्पष्ट पनि छ । कथाको कालविभाजनलाई स्पस्ट ढङ्गबाट लेखिएको छ । कथाको विश्लेषण गर्दा सन्दर्भ र पात्रको विश्लेषणमा शैलीवैज्ञानिक…