मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “मृत्यु डायरी” डा. तुलसी आचार्यद्वारा तयार पारिएको संस्मरणसङ्ग्रह हो ।यो पुस्तक प्रियजन गुमाउनेहरू वा मृत्युलाई चिन्न र बुझ्नेहरूप्रति समर्पित छ । यो वियोगको मात्र कथा नभएर योगको पनि कथा हो । यसभित्र सर्वप्रथम योग त्यसपछि वियोग र वियोगले जुराइदिएको जीवनको सर्वोत्कृष्ट संयोग समेटिएको छ ।यो…
मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “गतिशील जिन्दगी” इन्दिरा दीक्षितद्वारा तयार पारिएको संस्मरण सङ्ग्रह हो ।यस पुस्तकमा चौधवटा संस्मरणहरू समेटिएका छन् ।यिनमा केही नितान्त नियात्रापरक संस्मरणहरू छन् भने केही जीवनी तथा घटनामूलक संस्मरणहरू रहेका छन् ।नेपाल, भारत, अस्ट्रेलियाका विभिन्न स्थानहरूमा नियात्राकारद्वारा गरिएका यात्राजन्य विषयवस्तुमा आधारित संस्मरणहरू नै यस कृतिका मुख्य स्तम्भ…
मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “इतिहासको यथार्थ र वर्तमान अवस्था” चिन्तबहादुर बस्नेतद्वारा तयार पारिएको ऐतिहासिक संस्मरण हो ।पुस्तकबाट साभारः “नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालाले क्रान्ति सकिएपछि श्री ५ महाराजाधिराजको दर्शन गर्नुभयो । दर्शन गर्दा ‘अब सबै काम सकियो । राणाहरूको सरकार गयो । काठमाडौँमा रहेका राणाहरूका शालिकलाई जम्मा गरेर एक…
मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “टेकु हिरासत” खेम थपलियाद्वारा तयार पारिएको संस्मरण संग्रह हो।प्रस्तुत कृतिमा प्रतिबन्धका बिचमा लेखिएका विभिन्न शिर्षकका भावोत्तेजक अनुभूतिजन्य सामग्री समाविस्ट छन्।‘टेकु हिरासत’ शिर्षक पुस्तकले नेपाली साहित्यमा उर्जाशील रूपमा विकास हुँदै आएको समाजवादी-यथार्थवादी धारालाई पक्रेको छ।यो पुस्तकको केन्द्रमा क्रान्तिकारी विचारधारा र मार्क्सवादी विश्वदृष्टिकोण रहेको छ, जहान मार्क्सवादी…
मूल्य रु. ४००/- भरतगङ्गा फाउन्डेसनद्वारा प्रकाशित “यात्रा (दोस्रो पाइला)” भरत महर्जनद्वारा तयार पारिएको संस्मरण कृति हो।काठमाडौको रातुपुलमा ‘शमीबोट’ नामबाट परिचित स्थानमा सर्वनिदान फार्मेसी संचालन गरेर आरोग्यका लागि विगत तीन दशकदेखि अनवरत मानव सेवा गरिरहेका महर्जनको बोली, व्यवहार र कलम मानवकल्याणप्रति समर्पित रहेको हामीले अनुभूत गरेका छौं।यो कृति यिनै क्षेत्रका धेरै…
मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “साबिती बयान” राम विनयद्वारा तयार पारिएको संस्मरण संग्रह हो।यो निबन्ध/अनुभूति सँगालोमा लेखकले साहित्य एवम् बैंकिङ क्षेत्रमा क्रियाशील रहँदा भोग्नुपरेका उतारचढावहरू रेखाङ्कित छन्।यस संस्मरण संग्रहभित्र तेह्रवटा संस्मरणात्मक निबन्धहरू संग्रहीत छन्।यी संस्मरणहरूमा प्रस्तुत विषय, सन्दर्भ, घटना र चरित्रहरूलाई लेखकले विभिन्न उपशिर्षकमा बाँडेका छन्।
मूल्य रु. १९०/- भुँडीपुरण प्रकाशनको “झ्याइँकुटी झ्याइँ झ्याइँ” माणिकरत्न शाक्यद्वारा तयार पारिएको एक हास्यव्यंग्यात्मक संस्मरण सङ्ग्रह हो।रत्न शम्सेर थापाका शब्दमा “थरि थरिका समस्याहरूको सामना गर्दै अनेकौं रंगका दु:खकष्टहरू सहज रूपमा भोग्दै, आनन्द लिँदै सिर्जनामा तल्लिन हुँदै मोहक र रोचक ढङ्गका रचनाहरू रचेर पाठकहरूलाई मनोरन्जन दिंदै अघि बढ्दै रहेका सर्जक माणिकरत्न…
मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “तिब्बत यात्रा” विष्णुप्रसाद शर्मा पराजुलीद्वारा तयार पारिएको यात्रा संस्मरण हो।शताब्दी पुरुष एवम् संस्कृतविद् सत्यमोहन जोशीका शब्दमा:“यस पुस्तकमा दशौँ शताब्दीको तिब्बतको गुगे राज्यका बारेमा लेखकले विस्तृत जानकारी दिएकाले पुस्तकले इतिहासको खोजमा नयाँ आयाम थपिदिएको छ। सिंजा राज्यको चौधौं शताब्दीसम्मको प्राप्त इतिहासभन्दा ४ सय बर्ष पछाडिसम्मको इतिहासको…
मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “उज्यालोको खोजीमा: संघर्षका पाइला” खिमा रिजालद्वारा तयार पारिएको संस्मरण हो।यो पुस्तक माओवादी द्वन्द्वकालको संस्मरण भन्न सकिन्छ।यस कृतिमा लेखकले ती साहसिक नारी पात्रहरूलाई सम्झेकी छिन्, जसले माओवादी द्वन्द्वकालमा कल्पनै गर्न नसकिने जेलब्रेकजस्ता कार्यहरू गरी नेतृत्व तहबाटै स्याबासी समेत पाएका थिए।त्यसै गरी उनले त्यस्ती आमालाई समेत सम्झेकी…
मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “अर्को झयाइंकुटी” माणिकरत्न शाक्यद्वारा तयार पारिएको हास्यव्याग्यात्मक संस्मरण संग्रह हो।प्रा. मोहनराज शर्माको दृष्टिकोणमा माणिकरत्न शाक्य:– हास्यव्याँग्यद्वारा मनोरंजन दिनु।– रचनामा हास्यको प्रबलता र व्यंग्यको खुराकी।– सामाजिक विषयवस्तु अँगाल्ने।– संगालोका सबै रचनामा ‘म’ पात्र।– आफूलाई बलिको बोको बनाएर अरूलाई हँसाउने।– आफूले भोगेका यथार्थलाई ठट्यौली पारामा प्रस्तुत।– रसिला,…