Menu Close

शब्द बिम्बमा रविकिरण निर्जीव

मूल्य रु. ३०१/- मध्य नेपालको लमजुङ जिल्लामा पर्ने हिमालको काखमा प्राकृतिक सुन्दरताले भरिएका धेरै गाउँहरू छन्।तिनै गाउँहरू मध्येको अलैंचे गाउँमा एक मध्यम वर्गीय परिवारमा २००३ साल ज्येष्ठ २९ गते रविलाल रेग्मीको जन्म भयो।रविकिरणको समग्र जीवनलाई केलाउँदा व्यक्तित्वका चार आयाम देखिन्छन्: शैक्षिक व्यक्तित्व, राजनीतिक व्यक्तित्व, सामाजिक व्यक्तित्व र साहित्यिक व्यक्तित्व।यस कृतिभित्रका…

उद्बोधन

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “उद्बोधन” मित्रलाल पंज्ञानीद्वारा रचिएको निबन्ध संग्रह हो।प्रस्तुत निबन्धसंग्रहमा साढे तीन दर्जन जति आलेख समावेश गरिएका छन्।यस निबन्धसंग्रहका निबन्धहरूमा विषयवस्तुको विविधता छ र त्यसको केन्द्रमा मानिस रहेको छ।यहाँ पुस्तकको थालनी मान्छेबाट हुन्छ र अन्तिमसम्मका आलेखहरू पनि मान्छेद्वारा मान्छेमाथि हुने उत्पिडनकै विरोध र मुक्तिको खोजीमा केन्द्रित छन्।यहाँ…

लक्ष्मी निबन्धसङ्ग्रह

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “लक्ष्मी निबन्धसङ्ग्रह” महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको निबन्ध सङ्ग्रह हो।महाकविकै शब्दमा:“यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक लिएर चहकिला बनेका होलान् कि भन्ने आशा राखेको छु। कहीँ म प्रबन्धभित्र आफैँ घुसेको छु- व्यक्तित्वको रङ रंगाएर आफूलाई चिन्न तथा चिनाउनको लागि। कहीँ आफू अलग्ग बनेर प्रकृतिको र…

हारुन्निसाको हाँसो (निबन्ध संग्रह)

मूल्य रु. १८०/- भुँडीपुराण प्रकाशनको “हारुन्निसाको हाँसो” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको निबन्ध संग्रह हो।लेखकका ११५० भन्दा बढी लेख तथा रचना प्रकाशित छन्।तिनै छरिएर रहेका लेखहरूमध्येबाट निबन्ध, प्रबन्ध भन्न सुहाउने खालका २९ वटा लेखहरूको संगालो नै हारुन्निसाको हाँसो हो।हारुन्निसा दाइजोका कारण जिउंदै जलाइएकी एक मुस्लिम केटी हो। यो कृतिको शिर्षक उसैको…

थप्पड (हास्यव्यंग्य निबन्ध संग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “थप्पड” देवीप्रसाद घिमिरेद्वारा तयार पारिएको हास्यव्यंग्य निबन्ध संग्रह हो।नरनाथ लुइंटेलका शब्दमा:“नेपाली समाजमा लोकतान्त्रिक व्यवस्था स्थापनापछिको खुल्ला परि स्थितिको दुरुपयोगले अधिकांश क्षेत्रमा अराजकता मौलाएको छ। देशको शिक्षा क्षेत्र पनि यसबाट अछुतो रहेको छैन। स्रष्टा घिमिरेको दैनिकीको अधिकतम समय शैक्षिक क्रियाकलापमै गुज्रिरहेको हुँदा शैक्षिक क्षेत्रको विकारजन्य पर्यावरणबाट…

कुलुङ्गाकी आमा (निबन्ध संग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “कुलुङ्गाकी आमा” दीनानाथ शर्माद्वारा तयार पारिएको निबन्धसंग्रह हो।डा. माधव पोखरेलका शब्दमा “दीनानाथ शर्माको निबन्धमा राजनीतिक र सामान्य गरी दुई किसिमको व्यक्तित्व बाँडिन्छ, तर उनका वस्तुपरक निबन्धहरूभन्दा बेग्लै, आत्मपरक निबन्धहरूमा उनी थोरै राजनेता धेरै कवि र साहित्यकारका रुपमा देखा पर्छन्। राजनीतिक निबन्धमा उनी आत्माले नबोलेर मस्तिष्कले…

मान्छे र फूल (निबन्धसंग्रह)

मूल्य रु. १८०/- भुँडीपुराण प्रकाशनको “मान्छे र फूल” गणेशराज जोशीद्वारा तयार पारिएको निबन्धसंग्रह हो।पुस्तकबाट साभार:“निबन्धसंग्रहको नाम त्यसैभित्रको एउटा निबन्धका नामबाट राखिएको छ। सिंगो सृष्टिको परिधिभित्र सिर्जित सिर्जनामध्ये स्थावारमा फूल र जंगलमा मान्छे नै सर्वोत्कृष्ट रचना हुन् जस्तो लाग्छ। मानवजीवन र पुष्पजीवन आफैमा महिमामण्डित छन् र यी दुवैको पारस्परिक सम्बन्ध विविध…

बोकाको मन (व्यंग्य निबन्धसंग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “बोकाको मन” काशीनाथ मिश्रितद्वारा तयार पारिएको व्यंग्य निबन्धसंग्रह हो।लक्ष्मण गाम्नागेका शब्दमा “बोकालाई मान्छेले यसरी बन्दी बनाएको छ कि ऊ प्रेम गर्न, सहवास गर्न, वंश बिस्तार गर्न सबै मान्छेले खटाए अनुसार मात्र गर्न पाउँछ। बोको भन्छ, ‘मलाई मेरी पत्नीसँग सम्पर्क गरेबापत मेरी पत्नीको मालिकले भाडा तिर्नुपर्छ।’…

नौ डाँडापारि

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “नौ डाँडापारि” बिष्णु एस. राईद्वारा तयार पारिएको यात्रा निबन्ध हो।पुस्तकबाट साभार:“‘नौ डाँडापारी’ संग्रहमा संकलित नियात्राहरुमा देखाइएको संसार निकै ठूलो र महत्त्वपूर्ण छ। आत्मसात् गरिएको जीवनबोध मार्मिक छ। अभिव्यक्त गरिएको अनुभूति प्रगाढ छ। दिइएको संदेश अनुसरणीय छ। यी नियात्रहरुसंगै तपाईं छिमेकी मुलुक भारतका विभिन्न ठाउँ पुग्नुहुन्छ…

प्रतिध्वनि

मूल्य रु. ११०/- भुँडीपुराण प्रकाशनको “प्रतिध्वनि” लक्ष्मण राजवंशीद्वारा तयार पारिएको निबन्ध संग्रह हो।पुस्तकबाट साभार:“समय के हो र जीवनका प्रत्येक पलसँग यो कसरी गाँसिएको छ, यसबारे अधिकांश मानिस कुनै वास्ता गर्दैनन्। मानौँ समय सबभन्दा सस्तो, फालाफाल र जति खर्चे पनि जीवनमा नसिद्धिने चीज हो उनीहरूका लागि। ‘समयलाई कसरी बुझूँ’ मा लेखकले…