मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “स्वर्गको गाथा” मणि नेपाली पनेरुद्वारा तयार पारिएको गीतिसङ्ग्रह हो ।मणि नेपाली पनेरू गीतिरचनामा स्थायी र अन्तराको प्रविधि बुझेका समयसचेत गीतकार हुन् ।उनका गीतरचनामा सस्तो प्रेम भन्दा पनि गम्भीर प्रेम र समाजसँग सरोकार राख्ने बहुमुखी विषयवस्तु र ती विषयवस्तुअनुरूपका भावाभिव्यक्ति भएको पाइन्छ ।उनका गीतलाई सरसरती पढ्दा…
मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “आमा” महेश राज थापाद्वारा तयार पारिएको गीतिसङ्ग्रह हो।गीत एउटा यस्तो मनोरन्जन हो, जसलाई पढेर मात्र होइन सुनेर पनि आनन्द लिन सकिन्छ।मनोरन्जन जगतको साहित्यिक फाँटमा गीत पनि उत्कृष्ट साहित्य हो भन्ने लाग्दछ।गीतलाई अझै सुमधुर धुनमा सजाइ दिने हो भने सुनमा सुगन्ध नै हुन्छ।
मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “अन्तर्नाद” हरि खनाल (हरे)द्वारा तयार पारिएको गीजलसंग्रह (गीत/गजल संग्रह) हो।लेखकका शब्दमा “यो छैसटठी ओटा गीत र त्यतिकै संख्याको गजलको अन्तर्नाद हो। माटो, मुटु र सौन्दर्यचेतना तथा शृंगारकै वरिपरि घुमेका गीत छन् भन्ने लाग्छ। गजलभित्र पनि पृथक् स्वाद र संरचनाको अभ्यास गरेको छु।”
मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “भुन्टे” जगन्नाथ दाहालद्वारा तयार पारिएको गीति-खण्डकाव्य हो।यो पुस्तक नेपाली समाजकै सुख-दुख, हर्ष-विस्मात, व्यथा-वेदना झल्काउने कारूणिक काव्य हो।यो काव्य नेपाली लोकलय (झ्याउरे) मा लेखिएको छ।भुन्टे गोठालो गएर फर्कनु, मनमनै पिरिनु, लाहुर जान भुन्टीसँग भुन्टेले बिदा माग्नु, भुन्टे काठमाडौं आउनु र पटना पुग्नु, भुन्टीले घरमा बिलौना गर्नु,…
मूल्य रु. १०१/- भुँडीपुराण प्रकाशनको “अनुराग” राजीवनन्दन कर्माचार्यद्वारा तयार पारिएको कविता/गीत संग्रह हो।लेखकका शब्दमा:“मानवीय पीडाको दुखान्त आभास छल्किएका निश्छल कोमल मुटुको क्यानभासभित्र कोरिएका तिक्तताहरू अवश्य दु:ख-पीडाहरूबाट निस्कन्छ नै। जब जब यी नै अरूका तिता-मिठा भावनाहरू आफू आफूमै भित्रभित्रै पीडाको आभास हुन्छ तब तब तिनै कलमको निबबाट वेदनाका भावहरू पोखिंदै छछल्किदै…
मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “अविरल गङ्गा” श्रमिक बरालद्वारा तयार पारिएको गीति संग्रह हो।पुस्तकबाट साभार:“गीत मौखिक परम्पराबाट विकास भएको प्राचीन विधा हो। पूर्वमा इ.पू. १५०० तिरको ऋग्वेदमा प्रयुक्त पृथ्वी, उषा, सन्ध्या जस्ता छन्दमा गीतात्मकता पाइन्छ। सामवेद त संगीतको भण्डार नै हो। बौद्ध साहित्यको थेरी गाथामा समेत गीतको संकेत पाइन्छ। पश्चिमी…
मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “खुसी रम्ने ओठभरि” वसन्त वित्यासी थापाद्वारा तयार पारिएको गीत संग्रह हो।यस संग्रहमा उनको नयाँ-पुराना केही गीत समावेश गरिएको छ।यस संग्रहमा केही रेकर्ड भएका र केही रेकर्डका लागि पालो कुरेर बसेका गीत समावेश गरिएका छन्।यसमा समावेश भएका गीतमा स्वर र संगीत, एरेन्जर, वाद्यवादक, रेकर्डिङ्ग भर्नुहुने/दिनुहुने सम्पूर्ण…