Menu Close

धरहरा विशेष बहर गजल सङ्ग्रह

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “धरहरा विशेष बहर गजल सङ्ग्रह” ध्रुवप्रसाद गजुरेलद्वारा तयार पारिएको कृति हो।गजुरेलका यी गजलमा कथ्यको विविधता छ।पाठशालामा सिक्दासिक्दै तयार भएका गजलहरूलाई सङ्कलन गरेर कृतिको रूपमा प्रकाशित भएको छ ।

निभेका शिखा (गजल सङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “निभेका शिखा” डा. घनश्याम परिश्रमीद्वारा तयार पारिएको गजल सङ्ग्रह हो।डा. परिश्रमीको प्रस्तुत कृतिले नेपाली गजलको आकाशमा मडारिएको भ्रमको बादललाई हटाउन र गजल बहरमा नै भनिनु वा लेखिनुपर्छ भन्ने कुरालाई प्रमाणित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

अँध्यारोको अगुल्टो

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “अँध्यारोको अगुल्टो” जगन्नाथ दाहालद्वारा रचिएको गजल संग्रह हो।प्रस्तुत संग्रहका गजलहरूमा विविध प्रकारका लय समातिएको छ।यस संग्रहमा मुताकारिब, मुतदारिक, हजज, हजज मकबुज, मुजारे लगायतका बहर तथा पिङ्गल छन्दअन्तर्गत उपेन्द्रवज्रा, इन्दिरा, विध्युन्माला, चम्पकमाला लगायतका छन्दहरूको प्रयोग गरी शास्त्रीय छन्द/बहरको प्रयोग गरिएका गजलहरू समेटिएका छन्।झ्याउरे, सवाई जस्ता लोकलयको…

वार्णिक छन्द-माला

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “वार्णिक छन्द-माला” जगन्नाथ दाहालद्वारा रचिएको गजल संग्रह हो।यो गजलसंग्रह छन्दको प्रयोगपरक कृति भएकाले आवश्यकता र औचित्यलाई भन्दा प्रयोगलाई नै महत्त्व दिइएको छ।न्यूनतम अक्षरसंख्या भएका गजलमा गजलको संरचनात्मक र भाव पक्षमा तालमेल मिलेका गजलहरू यस कृतिमा रहेका छन्।यस पुस्तकमा रहेका हरेक गजलहरू कसरी उच्चारण गर्ने, कहाँ…

जून चुहेको रात (गजलसंग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “जून चुहेको रात” डा. घनश्याम न्यौपाने “परिश्रमी”द्वारा तयार पारिएको गजलसंग्रह हो।उपप्रा. रामप्रसाद ज्ञवालीका शब्दमा “घनश्याम न्यौपानेका गजलहरू अनुभूति, कल्पना र वैचारिकताका त्रिवेणी हुन्। उनका गजलहरू पढ्दा पाठकले भुक्तभोगी र यथार्थबोधी अनुभूतिको अभिव्यक्तिका रुपमा तिनलाई पाउँछ। अनुभूतिमा नाभिजिकाना कोरा कल्पना र रूढ शास्त्रज्ञानले मात्र लेखिएका रचनाले…

बाँसुरीको धून

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “बाँसुरीको धून” जगन्नाथ दाहालद्वारा तयार पारिएको छन्द बहरबद्ध गजल संग्रह हो।बाँसुरीको धून विभिन्न बहारमा लेखिएका गजलहरूको संग्रह हो। धेरै जसो बहुप्रचलित खालका बहर छन् भने कति शास्त्रीय छन्दलाई आत्मसात गरेर लेखिएका छन्। जे जसरी लेखिए पनि गजलकै वृत भित्र रचिएका गजलहरू यसमा छन्।यस कृतिमा शास्त्रीय…

ऐंजेरुको छेस्को

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “ऐंजेरुको छेस्को” जगन्नाथ दाहालद्वारा तयार पारिएको गजलसंग्रह हो।यस गजलसंग्रहमा जगन्नाथ दाहालले अधिकांश गजलमा शास्त्रीय छन्द तथा बहरको प्रयोग गर्नुभएको छ भने केही गजलमा झ्याउरे र सवाइ छन्दको पनि प्रयोग गर्नुभएको छ।यस पुस्तकमा लेखकले वहुविषयको प्रयोग गर्नुभएको छ।मायाप्रीतिका साथै समसामयिक राजनीति, समाज, संस्कृति आदिसित सम्बन्धित विषयले…

अन्तर्नाद (गीजलसंग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “अन्तर्नाद” हरि खनाल (हरे)द्वारा तयार पारिएको गीजलसंग्रह (गीत/गजल संग्रह) हो।लेखकका शब्दमा “यो छैसटठी ओटा गीत र त्यतिकै संख्याको गजलको अन्तर्नाद हो। माटो, मुटु र सौन्दर्यचेतना तथा शृंगारकै वरिपरि घुमेका गीत छन् भन्ने लाग्छ। गजलभित्र पनि पृथक् स्वाद र संरचनाको अभ्यास गरेको छु।”

धर्तीको सूर्य

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “धर्तीको सूर्य” जगन्नाथ दाहालद्वारा तयार पारिएको गजल संग्रह हो।यो पुस्तक लेखकको १५ औँ गजल संग्रह हो।यस पुस्तकमा सामाजिक विसंगति, राजनैतिक विकृति, वाध्यतामा बाँच्नु पर्ने जनजीवनको भोगाई, सामाजिक गरिवी, अशिक्षा, कुसंस्कार, जडमान्यता, रुढीवादी अन्धविश्वास, प्रेमिल जोडीको प्रेमालाप, विछोड, धोका, आन्दोलनले पारेको प्रभाव, त्यसपछिको पदलोलुपता, त्यसले समाजमा…

छेपाराको रङ (हास्यव्यंग्यात्मक गजल संग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “छेपाराको रङ” मरूभूमि नारायणद्वारा तयार पारिएको हास्यव्यंग्यात्मक गजल संग्रह हो।प्रस्तुत पुस्तकमा विषयवस्तुको मूलस्रोत नेपाली समाजको वर्तमान विसंगत पर्यावरण रहेको छ।यस गजल संग्रहले नेपाली समाजमा व्याप्त अनाचार, दूराचार, नेताका भ्रष्ट मानसिकता, परनिर्भर चिन्तन र तस्करतन्त्रले खडा गरेको बिब्ल्याँटो परिस्थितिलाई परिहासपूर्ण तरिकाले प्रस्तुत गरेको छ।