Menu Close

अचानो (कवितासङ्ग्रह)

मूल्य रु. २२५/- भुँडीपुराण प्रकाशनको “अचानो” डा. रमेश शुभेच्छुद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।प्रस्तुत अचानो सङ्ग्रहका कविता पढ्दा रमेश शुभेच्छु आफ्नो अन्तस्करणको सुखका निम्ति कविता लेख्ने कवि हुन् र उनी युगसचेत पनि छन् भन्ने कुराको अन्दाज सजिलैसँग गर्न सकिन्छ । उनले यस सङ्ग्रहका कवितामा आफूले देखेभोगेकै जीवनजगत्का विविध सन्दर्भसामग्रीलाई र…

डोरम्याट (कवितासङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “डोरम्याट” छविरमण सिलवालद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।यस पुस्तकभित्र विविध सन्दर्भका कविताहरू छन् । सार्वभौम मानवीय जीवनलाई अभिव्यक्त गर्ने वैयक्तिक जीवनका विशेष सन्दर्भदेखि बेमेल र विभेतपूर्ण समाजको चित्र तथा राजनीतिक वृत्तभित्रका विकृतिका साथै लेखकले भोगेको समाज र समयको यथार्थलाई कवितामार्फत् प्रस्तुत गर्न खोजेका छन् ।

अर्को कर्नाली (कवितासङ्ग्रह)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “अर्को कर्नाली” युवराज भण्डारीद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।यस पुस्तकमा सङ्‌कलित कविता समसामयिक समस्या, मुद्दा र परिवेशसँग कविको भावनाले अन्तरक्रिया गरेपछि अभिव्यञ्जित आलोकका काव्यगुच्छा हुन् ।यी कविता भौतिक संसार, लौकिक जीवन र अध्ययन-अनुभवका विविध स्रोतबाट माथि उठ्दै गरेको कविका गहन चिन्तनसार हुन् ।कविका कविता भावावेगमा…

आलोकका प्रतिबिम्ब (कविता सङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “आलोकका प्रतिबिम्ब” ईश्वरचन्द्र ज्ञवालीद्वारा तयार पारिएको कविता सङ्ग्रह हो ।यस कविता सङ्ग्रहमा कम्युनिष्ट आन्दोलन भित्र र बाहिरको राजनैतिक परिवेशको सकारात्मक-नकारात्मक, सङ्गतिपूर्ण र असङ्गत, सुकृत र विकृत पक्ष सबैमाथि आलोचनात्मक झटारो हानिएको छ ।पछिल्लो समयमा भएका राम्रा-नराम्रा, उपलब्धि-क्षतिका भाव र अवस्थालाई कविताले देखाएका छन् । महान्…

अमेरिका यात्रा (लघु काव्य)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “अमेरिका यात्रा” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको लघु काव्य हो ।अधिकांश नेपालीले कल्पनाको स्वर्ग मान्दै भ्रमणको उत्कृष्ट गन्तव्य ठानिने अमेरिकामा रहेका मुख्य ठाउँहरू हेर्न पाउनु र हेरेका ठाउँहरूको बारेमा भावका थुँगाहरू जोड्दै आउनु उहाँको साहित्यिक भावनाको प्राप्ति हो ।भ्रमणका क्रममा उहाँले नायग्रा फल्स, ब्राइडलभेल, बफेलो शहर,…

स्वर्गबाट वितृष्णा जागेपछि (लघु काव्य)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “स्वर्गबाट वितृष्णा जागेपछि” होम सुवेदीद्वारा तयार पारिएको लघुकाव्य हो ।केही वर्ष पहिलेदेखि ‘प्रतिभा निकुञ्ज’मा हरेक दिन कविता लेखनको अभ्यासको काम गरिँदै आइए पनि महिनाको एक दिन विशेष कविता लेखन भनेर लेखक र उनका साथीहरू दिइएको शीर्षकमा लघुकाव्य लेख्तथे ।सोही क्रममा लेखकले यो शीर्षकमा लघु कविता…

मामुली मान्छे (कवितासङ्ग्रह)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “मामुली मान्छे” बलराम तिमल्सिनाद्वारा तयार पारिएको कवितासङ्ग्रह हो।चैतन्यका शब्दमा, “यस कृतिमा एकातिर नेपाली जनवादी तथा कम्युनिस्ट आन्दोलनका विकृति विसङ्गति तथा कुरूप पक्षलाई यथार्थपरक ढङ्गले सजीव रूपमा उजागर गरिएको छ भने अर्कोतिर त्यसका विरुद्ध सशक्त रूपले प्रस्तुत हुँदै क्रान्तिको दिशामा अगाडि बढ्न आवश्यक निर्देशन समेत दिइएको…

घरः घर जस्तो छैन (कविता सङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “घरः घर जस्तो छैन” माणिकरत्न शाक्यद्वारा तयार पारिएको कविता सङ्ग्रह हो ।यस सङ्ग्रहभित्रका रचनाहरू साहित्यिक, साप्ताहिक, दैनिक पत्रपत्रिकामा प्रकाशित भएका हुन् ।माणिकरत्न शाक्यबाहेक रेशमा शाक्य, शर्मिला शाक्य, रमेशकुमार शाक्यका उपनामले पनि रचना सिर्जना गरेर विभिन्न पत्रपत्रिकामा प्रकाशित गरिएका छन् ।माणिकका कविताहरू कतै गीतगजल, कतै मुक्तक,…

थुनिएको जिन्दगी (कविता सङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “थुनिएको जिन्दगी” उद्धवहरि अधिकारीद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।यस पुस्तकका रचनाकार अधिकारी शिक्षक/प्रधानाध्यापकका रुपमा लामो समयसम्म निरन्तर कार्यस्थलमा व्यस्त रहनुपर्यो ।जब सेवाबाट निवृत्त हुनुभयो, तबदेखि समय कटाउने बसिवियाँलोको सजिलो उपाय बन्यो, लेखन कार्य ।लकडाउनको अवधिमा घरभित्र साँगुरिएर बस्नु परेको बाध्यात्मक समयमा दिनहुँ जस्तै रचनाहरू लेख्दै…

पार्वती महाकाव्य

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “पार्वती महाकाव्य” टीकाराम शर्मा पौडेलद्वारा तयार पारिएको महाकाव्य कृति हो ।पार्वती महाकाव्य पूर्वीय आचार्यहरूले पहिचान गरेका महाकाव्यका लक्षणसँग सम्बद्ध छ ।शिवकी अर्धाङ्गिनी पार्वतीलाई केन्द्रमा राखेर उनको जन्मको सम्बन्धका बारेमा पूर्वीय वाङ्‌मयमा भएगरेका चर्चा, लोकजीवनले निरन्तर भन्दै आएका मौखिक परम्परामा रहेका विषयवस्तु, समकालीन समयमा पौराणिक ग्रन्थलाई…