Menu Close

नासो (कथासंग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “नासो” वरिष्ठ कथाकार गुरुप्रसाद मैनालीको कथासंग्रह हो ।यस कृतिमा एघारवटा सामाजिक लघुकथाहरू छन्  जुनमध्य धेरैजस्तो कथाहरू २००७ सालको कनक्रान्तिभन्दा अघि लेखिएका हुन् ।नेपाली जनजीवनलाई असाध्य कलात्मकतासाथ कथाकारका कथाहरूले चित्रण गरेका छन् ।कथाकारको आफ्नै विशेषताचाहिँ हामी पाउँछौँ हाम्रा ग्रामीण जीवनका वेदनात्मक पक्षका चित्रणमा ।उहाँका सबैजस्तो कथाहरू…

पाइलाहरू (ऐतिहासिक कथासङ्ग्रह)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “पाइलाहरू” हरि खनालद्वारा तयार पारिएको ऐतिहासिक कथासङ्ग्रह हो ।प्रस्तुत कथासङ्ग्रह नेपालको इतिहासका घटना र पात्रहरूसँग सम्बन्धित रहेको छ ।कथाकारले यहाँ प्रस्तुत गर्नुभएका कुल छब्बीस कथाहरू इतिहासका वीरता, बलिदान, स्रद्धा, विश्वास, हत्या, विश्वासघात, संका, राजनीतिक दाउपेच आदि इत्यादिको परिवेशसँग सम्बन्धित छन् ।

मोम्चो (कथा संग्रह)

मूल्य रु. ३८०/- भुँडीपुराण प्रकाशनको “मोम्चो” वसन्त पराजुलीद्वारा तयार पारिएको कथा संग्रह हो।प्रस्तुत पुस्तकका कथाहरू चितवन, मकवानपुर, धादिङ, नुवाकोटका पहाडतिर बसोबास गर्ने चेपाङ जातिको सांस्कृतिक जीवनको एउटा सानो पक्ष छोएर लेखिएको छ।आफ्नै भाषा, संस्कृति, भूगोल भए पनि कठिन भीरपाखातिर अशिक्षा र अज्ञानको घुम्टो ओढेर जीवन गुजार्ने चेपाङ बन्धुबान्धवहरू प्रकृतिको सहारामा…

होमस्टे (कथा सङ्ग्रह)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “होमस्टे” निरन्जन आचार्यद्वारा तयार पारिएको कथासङ्ग्रह हो।यस पुस्तकमा यही समाजका परिवेशसंगै जन्मिएका घटनाहरू रहेका छन् जसमा कतिपय पात्रका भूमिकामा लेखक आफैं पनि छन् भने कतिपय पात्रहरू लेखककै वरिपरिकै हुन् किनभने उनी पनि यही समाजकै पात्र हुन्।समाजमा रहेका प्रत्येक सकारात्मक र नकारात्मक कुराको प्रवाहलाई यही समाजवासी…

परदेशी मित्र (कथासङ्ग्रह)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “परदेशी मित्र” इन्दिरा दीक्षितद्वारा तयार पारिएको कथा सङ्ग्रह हो।प्रस्तुत कथासङ्ग्रहमा नितान्त सामाजिक परिवेशलाई आधार बनाएर लेखिएका कथाहरू रहेका छन्।पश्चिमा मुलुक बेलायत र अस्ट्रेलिया बसाइका क्रममा कथाकारले देखेको त्यस दुनियाँको सामाजिक रहनसहन र त्यतैको परिवेशले कथाकारलाई निकै प्रभाव पार्यो र तिनै पृष्ठभूमीलाई आधार बनाएर केही कथा…

देउदत्त र रानी मुखर्जीहरू (कथासंग्रह)

मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “देउदत्त र रानी मुखर्जीहरू” विवश वस्तीद्वारा तयार पारिएको कथासंग्रह हो।प्रगतिवादी सर्जक भएको दायित्वलाई पूरा गर्न कथाकार विवश वस्तीले आफूभित्रको राजनीतिक चेतनालाई आख्यान कलाको माध्यमबाट व्यक्त गरेका छन्।यस क्रममा उनले देशमा समय-समयमा आएका विभिन्न राजनीतिक आन्दोलन र परिवर्तन, चुनावी गतिविधिभित्रका राजनीतिक र गैरराजनीतिक मूल्य एवं विकृतिहरू,…

जितौरी (कथासङ्ग्रह)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “जितौरी” पूर्ण ओलीद्वारा तयार पारिएको कथासङ्ग्रह हो।यस कथासङ्ग्रहले नेपाली ग्रामीण जीवनशैलीलाई उजागर गरिदिएको छ।माजका विकृति विसंगतीलाई औंल्याउदै लेखकले पाठकलाई सोच्न बाध्य तुल्याउनेछन।पुस्तकका बारेमा लेखकका शब्द:“यस सङ्ग्रहमा समेटिएका कथाहरू पुत्ताहटले छोडेका अवशेषहरू हुन्। कथाहरू जुवा खेल्ने र जित्ने एउटा, जितौरी भने अर्कैले थाप्ने घटनाक्रम दोहोरिएकाले यस…

मोक्का (कथासङ्ग्रह)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “मोक्का” रुमु न्यौपानेद्वारा तयार पारिएको कथासङ्ग्रह हो।यस पुस्तकमा निकै चाखलाग्दा कथाहरू संग्रहित गरिएका छन्।

नीलो फूल (कथासंग्रह)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “नीलो फूल” कृष्ण अधिकारीद्वारा रचिएको कथासंग्रह हो।यस संग्रहमा जम्मा १९ वटा कथाहरू छन्।यी कथाहरूले व्यक्ति, बाल, युवा र समाज मनोविज्ञानका क्षेत्रहरूको छनोट गरी बुनोट तयारी गरिएको पाइन्छ।यी कथाहरूले भूमिका आफै निर्माण गरिदिएका छन्।कथाहरू पढ्दा मानविय संवेदना रसाएर आउँछ।

रातो चामल

मूल्य रु. ३६९/- भुँडीपुराण प्रकाशनको “रातो चामल” डा. विदुर चालिसेद्वारा रचिएको लघुकथा संग्रह हो।यस संग्रहका लघुकथाहरूमा विचार पक्ष प्रबल देखिएको छ।जनीतिक विसंगतीहरू सरररर सिनेमाका पर्दामा झैं देखिन्छन्।यस कथा संग्रहमा यस्तै राजनीतिक व्यंग्यको दर्बिलो खुराक प्रकट भएको छ।यसमा गरिबको पसिना मुछिएकोले रातो चामल उत्पादन गर्ने गरिब, खाने धनी छ।राजनीतिक सत्तामा पुगेका…