Menu Close

सात जुनी (उपन्यास)

मूल्य रु. ३७५/- भुँडीपुराण प्रकाशनको “सात जुनी” मणि नेपाली पनेरूद्वारा तयार पारिएको उपन्यास हो ।जयराज आचार्यका शब्दमा “जीवन र जिजीविषा सृष्टिको मूल तत्त्व हो । ‘सात जुनी’ मणि नेपाली पनेरूको औपन्यासिक शैलीमा लेखिएको आत्मकथा हो । तसर्थ यसलाई ‘आत्मोपन्यास’ भने हुन्छ । उहाँको जीवनकहानीले ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल’…

प्रशान्तदोन (सन् १९६५ को नोबेल पुरस्कार प्राप्त उपन्यास)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “प्रशान्तदोन” मिखाइल शोलोखोवद्वारा रचिएको र गोपीरमण उपाध्यायद्वारा अनुवादित सन् १९६५ को नोबेल पुरस्कार प्राप्त उपन्यास हो ।प्रशान्तदोन विश्वका उपन्यासका भण्डारको एउटा महाभारत हो ।सन् १९२६ देखि १९४० बीचको १५ वर्षको अवधिमा लेखिएको शोलोखोवको प्रशान्तदोनमा सन् १९१४ देखि १९२२ सम्मको रुसी सामाजिक जीवन र इतिहासको वर्णन…

हिँडे पुगिन्छ (लघु उपन्यास)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “हिँडे पुगिन्छ” जे.बी. दिपक अधिकारीद्वारा तयार पारिएको लघु उपन्यास हो ।प्लटका लागि काभ्रेलाई चयन गरी नारी पात्रलाई केन्द्रमा राखेर यो पुस्तक तयार पारिएको छ ।यस पुस्तकमा नारीको जीवनमा देखा पर्ने जटिल समस्याहरूको चित्रण गरिएको छ । नारीको व्यक्तिगत वेदना, सामाजिक परिस्थिति, नारीमाथि पुरूष समाजले गर्ने…

कलियुगकी राधा (उपन्यास)

मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “कलियुगकी राधा” सरस्वती शर्मा (सुवेदी)द्वारा तयार पारिएको उपन्यास हो ।प्रस्तुत कृतिमा प्रेम के हो भन्ने कुराको निचोड निकाल्न खोजिएको छ ।लेखकका शब्दमा “मानव जीवनमा उचालिने, पछारिने र बसालिने क्रम हुन्छ । यहाँ पनि त्यस्तै छ कि ! तीनै विषयवस्तु पस्किन खोजेकी छु । सबै पात्रहरू…

रावणायन (पौराणिक उपन्यास)

मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “रावणायन” खनाल रेवतीरमणद्वारा तयार पारिएको पौराणिक उपन्यास हो ।लोकले विश्वास गरेका, मानेका र पुजेका सबै व्यक्ति साँच्चै राम्रा र ठूला हुँदैनन् र जसलाई बदनाम गराइयो, मूर्ख भनियो, दुराचारी मानियो र राक्षस भनेर प्रचार गरियो, वास्तवमा ती सज्जन, न्यायप्रिय, विद्वान् र असल पनि थिए भन्ने वैचारिक…

प्रतिताप (उपन्यास)

मूल्य रु. ३२०/- भुँडीपुराण प्रकाशनको “प्रतिताप” प्रेमबहादुर भट्टराईद्वारा तयार पारिएको उपन्यास हो।यो उपन्यास माया गर्ने जोडीलाई लक्षित गरी लेखिएको उपन्यास हो।यसभित्रका कथानकले हाम्रो समाजमा भएको चालचलन, कतिपय कुरीति र कुसंस्कारका कारणले विछोडिएर पाएका दु:ख, माया प्रेम गर्नेले भोगेका भोगाइलाई चित्रण गर्न खोजेको छ।परिवेशका प्रसङ्ग गाउँमा हुने चौतारा, खोला र उकालोओरालो…

रातो साडी (उपन्यास)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “रातो साडी” वासुदेव सापकोटाद्वारा तयार पारिएको उपन्यास हो।प्रस्तुत पुस्तक विशेषत: रङ्गीन रङ्गमंचको नारीभावानाको सुसिद्ध सौन्दर्यको परावर्तन हो।‘रातो’ रङ्ग किन सु-कर्म र सु-आगतको प्रतिबिम्ब बन्दछ भन्ने कौतुहलतालाई राती शब्द गुच्छामार्फत् सामान्य चिरफार गरिएको छ।मौलिक ‘रातो साडी’ मौलिक नेपाली नारीपनको द्योतक बन्न सक्छ भन्ने कामनासहित यो सानो…

बल्ली (उपन्यास)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “बल्ली” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको उपन्यास हो।पुस्तकको मूलपात्र परिचय विस्तृत रूपमा पुस्तक भित्रै छ। बल्ली, बलिराम चौधरीको बोलाउने नाम हो। २०४६ सालको जनआन्दोलन पछि बहुदल आयो भन्न थालिएको छ उसलाई। बल्ली चरम गरिबीको जीवन बिताइरहेको थारु समुदायको व्यक्ति हो, उसको घर घरजस्तो छैन। घरभित्र ऊ…

बेमौसमी भाउजू

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “बेमौसमी भाउजू” वासुदेव सापकोटाद्वारा तयार पारिएको लघु-उपन्यास हो।प्रस्तुत लघु-उपन्यास नेपाली नारीमनको सन्नाटा र हलचलको प्रतिबिम्बात्मक स्वरूप हो।यसमा गाउँले नारी कर्मको मात्रालाई सु-साइत र कु-साइतसँग तुलना गर्दै अन्तरजातीय प्रणयसूत्रले दिने अल्पकालीन आनन्द र दीर्घकालीन कठिनाइहरूलाई मात्रात्मक आधारमा प्रस्तुत गर्ने सामान्य प्रयास गरिएको छ।एउटी १६ बर्षे छोरी,…

मेरी प्रिया (उपन्यास)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “मेरी प्रिया” डा. डी. आर. उपाध्यायद्वारा तयार पारिएको उपन्यास हो।लेखककै शब्दमा “प्रिय-प्रियालाई आफ्नो मन-मस्तिष्कमा सजाउन नचाहने विश्वमा विरलै कोही होला। ‘मेरी प्रिया’ उच्चारण गर्दा हृदयको गहिराइदेखि नै गौरवको अनुभूति गर्ने चाहना हरेक व्यक्तिको हुन्छ। यसैलाई चरितार्थ गर्ने हरसम्भव प्रयास मैले ‘मेरी प्रिया’ मा गरेको छु।”