Menu Close

शब्द बिम्बमा रविकिरण निर्जीव

मूल्य रु. ३०१/- मध्य नेपालको लमजुङ जिल्लामा पर्ने हिमालको काखमा प्राकृतिक सुन्दरताले भरिएका धेरै गाउँहरू छन्।तिनै गाउँहरू मध्येको अलैंचे गाउँमा एक मध्यम वर्गीय परिवारमा २००३ साल ज्येष्ठ २९ गते रविलाल रेग्मीको जन्म भयो।रविकिरणको समग्र जीवनलाई केलाउँदा व्यक्तित्वका चार आयाम देखिन्छन्: शैक्षिक व्यक्तित्व, राजनीतिक व्यक्तित्व, सामाजिक व्यक्तित्व र साहित्यिक व्यक्तित्व।यस कृतिभित्रका…

रातो साडी (उपन्यास)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “रातो साडी” वासुदेव सापकोटाद्वारा तयार पारिएको उपन्यास हो।प्रस्तुत पुस्तक विशेषत: रङ्गीन रङ्गमंचको नारीभावानाको सुसिद्ध सौन्दर्यको परावर्तन हो।‘रातो’ रङ्ग किन सु-कर्म र सु-आगतको प्रतिबिम्ब बन्दछ भन्ने कौतुहलतालाई राती शब्द गुच्छामार्फत् सामान्य चिरफार गरिएको छ।मौलिक ‘रातो साडी’ मौलिक नेपाली नारीपनको द्योतक बन्न सक्छ भन्ने कामनासहित यो सानो…

आमा (गीतिसङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “आमा” महेश राज थापाद्वारा तयार पारिएको गीतिसङ्ग्रह हो।गीत एउटा यस्तो मनोरन्जन हो, जसलाई पढेर मात्र होइन सुनेर पनि आनन्द लिन सकिन्छ।मनोरन्जन जगतको साहित्यिक फाँटमा गीत पनि उत्कृष्ट साहित्य हो भन्ने लाग्दछ।गीतलाई अझै सुमधुर धुनमा सजाइ दिने हो भने सुनमा सुगन्ध नै हुन्छ।

परदेशी मित्र (कथासङ्ग्रह)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “परदेशी मित्र” इन्दिरा दीक्षितद्वारा तयार पारिएको कथा सङ्ग्रह हो।प्रस्तुत कथासङ्ग्रहमा नितान्त सामाजिक परिवेशलाई आधार बनाएर लेखिएका कथाहरू रहेका छन्।पश्चिमा मुलुक बेलायत र अस्ट्रेलिया बसाइका क्रममा कथाकारले देखेको त्यस दुनियाँको सामाजिक रहनसहन र त्यतैको परिवेशले कथाकारलाई निकै प्रभाव पार्यो र तिनै पृष्ठभूमीलाई आधार बनाएर केही कथा…

बल्ली (उपन्यास)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “बल्ली” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको उपन्यास हो।पुस्तकको मूलपात्र परिचय विस्तृत रूपमा पुस्तक भित्रै छ। बल्ली, बलिराम चौधरीको बोलाउने नाम हो। २०४६ सालको जनआन्दोलन पछि बहुदल आयो भन्न थालिएको छ उसलाई। बल्ली चरम गरिबीको जीवन बिताइरहेको थारु समुदायको व्यक्ति हो, उसको घर घरजस्तो छैन। घरभित्र ऊ…

बेमौसमी भाउजू

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “बेमौसमी भाउजू” वासुदेव सापकोटाद्वारा तयार पारिएको लघु-उपन्यास हो।प्रस्तुत लघु-उपन्यास नेपाली नारीमनको सन्नाटा र हलचलको प्रतिबिम्बात्मक स्वरूप हो।यसमा गाउँले नारी कर्मको मात्रालाई सु-साइत र कु-साइतसँग तुलना गर्दै अन्तरजातीय प्रणयसूत्रले दिने अल्पकालीन आनन्द र दीर्घकालीन कठिनाइहरूलाई मात्रात्मक आधारमा प्रस्तुत गर्ने सामान्य प्रयास गरिएको छ।एउटी १६ बर्षे छोरी,…

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ९)

मूल्य रु. ८९०/- भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ९)” डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।यस पुस्तकमा नेपाली काङ्ग्रेसको निर्वाचित सरकारदेखि मध्यावधि निर्वाचन २०५१ सम्मको घटनाक्रम समावेश गरिएको छ।पुस्तकबाट साभार:“साथीहरूलाई यहाँ मा एउटा कुराको स्मरण गराउन चाहन्छु। २०४६ सालको जनआन्दोलन लगत्तै अघिको माघ ५, ६,…

मेरी प्रिया (उपन्यास)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “मेरी प्रिया” डा. डी. आर. उपाध्यायद्वारा तयार पारिएको उपन्यास हो।लेखककै शब्दमा “प्रिय-प्रियालाई आफ्नो मन-मस्तिष्कमा सजाउन नचाहने विश्वमा विरलै कोही होला। ‘मेरी प्रिया’ उच्चारण गर्दा हृदयको गहिराइदेखि नै गौरवको अनुभूति गर्ने चाहना हरेक व्यक्तिको हुन्छ। यसैलाई चरितार्थ गर्ने हरसम्भव प्रयास मैले ‘मेरी प्रिया’ मा गरेको छु।”

झ्याइँकुटी झ्याइँ झ्याइँ (हास्यव्यंग्यात्मक संस्मरण सङ्ग्रह)

मूल्य रु. १९०/- भुँडीपुरण प्रकाशनको “झ्याइँकुटी झ्याइँ झ्याइँ” माणिकरत्न शाक्यद्वारा तयार पारिएको एक हास्यव्यंग्यात्मक संस्मरण सङ्ग्रह हो।रत्न शम्सेर थापाका शब्दमा “थरि थरिका समस्याहरूको सामना गर्दै अनेकौं रंगका दु:खकष्टहरू सहज रूपमा भोग्दै, आनन्द लिँदै सिर्जनामा तल्लिन हुँदै मोहक र रोचक ढङ्गका रचनाहरू रचेर पाठकहरूलाई मनोरन्जन दिंदै अघि बढ्दै रहेका सर्जक माणिकरत्न…

देउदत्त र रानी मुखर्जीहरू (कथासंग्रह)

मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “देउदत्त र रानी मुखर्जीहरू” विवश वस्तीद्वारा तयार पारिएको कथासंग्रह हो।प्रगतिवादी सर्जक भएको दायित्वलाई पूरा गर्न कथाकार विवश वस्तीले आफूभित्रको राजनीतिक चेतनालाई आख्यान कलाको माध्यमबाट व्यक्त गरेका छन्।यस क्रममा उनले देशमा समय-समयमा आएका विभिन्न राजनीतिक आन्दोलन र परिवर्तन, चुनावी गतिविधिभित्रका राजनीतिक र गैरराजनीतिक मूल्य एवं विकृतिहरू,…