Menu Close

कुरैकुराको खेती (हास्यव्यङ्‌ग्य निबन्धसङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “कुरैकुराको खेती” शिव सस्मितद्वारा तयार पारिएको हास्यव्यङ्‌ग्य निबन्धसङ्ग्रह हो ।शिव सस्मितको कुरैकुराको खेती कृतिले पश्चिमका ह्युमर र सटायरसित जोड्दछ । यस पुस्तकमा ह्युमर र सटायरसित सम्बन्धित व्यङ्‌ग्यशब्दचित्र बनाएर पुरुषोत्तम पौडेलले यो कृतिलाई अर्थ दिँदै यो समाजप्रति तीव्र व्यङ्‌ग्य गर्न अत्यन्त सफल भएका छन् ।व्यङ्‌ग्यशब्दचित्रको उद्देश्य…

सुगाको अर्ती (सचित्र बालकथा)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सुगाको अर्ती” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकथा हो ।यस पुस्तकमा एक सुगाले मानिस र पशुपंक्षीहरू कसरी मिलेर बस्न सक्छन् र वनजंगललाई किन जोगाउनुपर्छ भन्ने कुराको शिक्षा दिएको छ ।यो पुस्तक स-साना भाइबहिनीहरूका लागि निकै उपयोगी छ ।

बन्यो है बन्यो (सचित्र बालकविता)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “बन्यो है बन्यो” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकविता हो ।यस पुस्तकमा एक सानी बालिकाले कसरी एउटा राम्रो कविता लेख्न सफल भइन् भनेर देखाइएको छ ।यो पुस्तक स-साना बालबालिकाहरूले रमाइलो मानी मानी पढ्न सक्छन् ।

यथार्थवादी रचनादृष्टि र विवेचना

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “यथार्थवादी रचनादृष्टि र विवेचना” निनु चापागाईंद्वारा तयार पारिएको पुस्तक हो ।लेखकका शब्दमा, “म मार्क्सवादी सौन्दर्यशास्त्रको एउटा साधारण विद्यार्थी मात्र हुँ । तर मार्क्सवादी सौनदर्यचिन्तनलाई सही रूपमा ग्रहण गर्न आलोचनात्मक दृष्टि नराखी लगनशील अध्येता हुनु मात्र पर्याप्त हुन्छ भन्ने म ठान्दिँन । आलोचनात्मक अध्ययनकै परिणामस्वरूप यी…

मेरो नाच (बालकवितासङ्ग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “मेरो नाच” हरि खनालद्वारा तयार पारिएको बालकवितासङ्ग्रह हो ।यो कृति गीत नभएर कविता हो ।यसभित्र सात ओटा कविताहरू सानासाना भाइबहिनीका लागि हो ।बाँकी दुई कविताहरू क्रमशः ‘हिमाल’ र ‘सुन्दर संसार’ चाहिँ अलि ठूला बाबुनानीहरूका लागि उपयोगी हुनेछन् ।

जन्मदिन (बालगीतिसङ्ग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “जन्मदिन” हरि खनालद्वारा तयार पारिएको गीतिसङ्ग्रह हो ।यस पुस्तकभित्र जम्मा नौ ओटा गीतहरू रहेका छन् ।यी गीतहरूलाई अलि ठूला भाइबैनीले अलि सानालाई गाउन र गीतसँगै नाच्न पनि सिकाउन सक्नुहुनेछ ।

विद्यालय तह (कक्षा ४-१२)को विद्यार्थी सिकाइ र मूल्याङ्कन (आन्तरिक र बाह्य)

मूल्य रु. २२०/- भुँडीपुराण प्रकाशनको “विद्यालय तह (कक्षा ४-१२) विद्यार्थी सिकाइ मूल्याङ्कन (आन्तरिक र बाह्य) गणेशप्रसाद तिमिल्सिना र खगेन्द्र धमलाद्वारा तयार पारिएको शैक्षिक सामग्री हो ।यसमा आन्तरिक मूल्याङ्कनको क्रममा मूल्याङ्कन प्रामाणिक र विषयगत अभिलेखलाई उपयोग गरी अन्तिम मूल्याङ्कन गर्नुपर्ने गरी तहगत र विषयगत रूपमा आधारहरू विभिन्न दस्ताबेजमा तोकिएका छन् जसले…

रस र सृजना (समालोचना)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “रस र सृजना” डा. जितबहादुर गिरीद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।पश्चिम नेपालको राप्ती क्षेत्रका समग्र कृति मध्ये प्रतिनिधिमूलक पद्यात्मक काव्य कृतिलाई आधार मानेर तयार पारिएको यो कृति नेपाली भाषा र साहित्यका क्षेत्रमा आजसम्मकै उत्कृ्ष्ट र नवीन प्रक्रियाको सृजनात्मक समालोचकीय पुस्तक हो ।त्यस क्षेत्रका सकेसम्म…

चितुवालाई झ्याइँकुटी (सचित्र बालकथा सङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “चितुवालाई झ्याइँकुटी” शान्ति सापकोटाद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाहरूका लागि निकै रमाइला छ बालकथा रहेका छन् ।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयुक्त पुस्तक हो ।

नारायणीपारि (सचित्र बालकथा सङ्ग्रह)

मूल्य रु. १६०/- भुँडीपुराण प्रकाशनको “नारायणीपारि” शान्ति सापकोटाद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाहरूका लागि निकै रमाइला पाँच बालकथा रहेका छन् ।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयुक्त पुस्तक हो ।