मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “अविश्रान्त पाइलाहरू” नरेन्द्रराज पौडेलद्वारा तयार पारिएको नियात्रा हो ।
मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “राराको डिलमा” प्रा.डा. कपिल लामिछानेद्वारा तयार पारिएको नियात्रा हो ।प्रस्तुत नियात्रामा लामिछानेले राराको परिवेशको जीवन्त चित्रणमात्र गर्नुभएको छैन, मुगुको आर्थिक, सामाजिक सांस्कृतिक जनजीवन र जीवनपद्धतिको सजीव तस्बिरसमेत उतार्न भ्याउनुभएको छ । नियात्रा पढ्दै जाँदा भावक नाग्मा-गमगढी सडक हुँदै लेखकसँगै गमगढी बजार पुग्छ । एकाबिहानै चङ्खेली,…
मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “उच्छ्वास” सिर्जना खनालद्वारा तयार पारिएको गजलसङ्ग्रह हो ।सिर्जना खनालका यी गजलमा अन्तर्वस्तुका विविधता भेटिन्छ । गजल यस्तो प्रविधा हो, जसमा एउटा गजलभित्रका सेरहरू पनि स्वायत्त हुन्छन् र तिनका कथ्यहरू पृथक् पृथक् विषयका हुन सक्दछन् । यस कृतिअन्तर्गतका गजलहरू प्रवृत्तिगत, कथ्यगत र शैलीगत ढङ्गले फरक फरक…
मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “बन्द पर्खाल” तिलक शर्मा ‘हिमाल’द्वारा तयार पारिएको संस्मरण हो ।जनयुद्धको क्रममा जेलभित्रका घटनामध्ये कैलालीको धनगढी कारागारका राजनीतिक बन्दीहरूको सङ्घर्ष र जनमुक्ति सेनाले जेल कब्जा गरी बन्दीहरू रिहा गराएको घटना ऐतिहासिक र महत्त्वपूर्ण छ । शर्माको यस कृतिले नेपालमा युगान्तकारी परिवर्तनका निम्ति हजारौँ योद्धा र लाखौँ…
मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “युङफ्राउ” कृष्ण बजगाईंद्वारा तयार पारिएको नियात्रा हो ।स्विजरल्यान्ड, ग्रिस, पोर्चुगल र बेलायतका सत्ताइसओटा नियात्राहरू सङ्गृहीत युङफ्राउमा पश्चिमी साहित्य, दर्शन, कला, धर्म, संस्कृति आदिका नवीन जानकारी र समुद्रदेखि हिमालसम्मका रोचक तथा रोमाञ्चकारी यात्रावर्णन रहेका छन् ।बेलायत र बेल्जियममा चौबिस वर्ष बिताइका डायस्पोरिक साहित्यकार कृष्ण बजगाईं नेपाली…
मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “नग्न स्वप्न” कृष्ण बजगाईंद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।यस पुस्तकमा बजगाईंका एकसट्ठी लघुकथा रहेका छन् ।
मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “तातेताते” चरित्रा शाहद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।कथामा एउटा घटनालाई अगाडि लगाएर विचार र कतात्मक कलाले सुशोभित गर्दै, घटनाको तारतम्य मिलाउँदै, छोटो समयमा पढेर सकिने गरी भाषिक कलाले सिँगार्दै कथालाई चोपिलो र रसिलो बनाउनुपर्छ जुन कुरा यस सङ्ग्रहमा सङ्कलित कथाहरूमा रहेको छ ।
मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “डोहोडोहो डोल्पो” रञ्जु दाहालद्वारा तयार पारिएको नियात्रा हो ।पुस्तकबाट, “डोल्पायात्राले रञ्जुको आत्मविश्वास र अठोटलाई उजागर गरेको छ । परिस्थिति कठिन छ तर आफूले गरेको निर्णयबाट उनी पछि हट्दिनन् । अहिलेका नारी जुझारु छन् । उनी पनि सरल छिन् तर अडिग छिन् । मन कमलो छ,…
मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “शिखर यात्रा” डा. पुष्करराज भट्टद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।यस कृतिमा विषयवस्तुको विविधता पाइन्छ । लघुकथाका लागि विषयवस्तु र कथ्य उनले आफ्नो युग र सेरोफेरोबाट लिएका छन् । उनका लघुकथामा नेपाली समकालीन युगजीवन जीवन्त रुपमा अभिव्यक्त भएको छ । उनका लघुकथामा जनपक्षीय स्वर पाइन्छ ।…
मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “डोरम्याट” छविरमण सिलवालद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।यस पुस्तकभित्र विविध सन्दर्भका कविताहरू छन् । सार्वभौम मानवीय जीवनलाई अभिव्यक्त गर्ने वैयक्तिक जीवनका विशेष सन्दर्भदेखि बेमेल र विभेतपूर्ण समाजको चित्र तथा राजनीतिक वृत्तभित्रका विकृतिका साथै लेखकले भोगेको समाज र समयको यथार्थलाई कवितामार्फत् प्रस्तुत गर्न खोजेका छन् ।