Menu Close

नेपाली संक्षिप्त भारत

मूल्य रु. ६९०/- भुँडीपुराण प्रकाशनको “नेपाली संक्षिप्त भारत” पं चक्रपाणि चालिसेद्वारा तयार पारिएको महाभारतको संक्षिप्त नेपाली अनुवाद हो ।महाभारत सर्वमान्य एक ठूलो आर्य इतिहासको संस्कृत ग्रन्थ हो । सम्पूर्ण आर्यहरू यसलाई अतिशय पूज्य दृष्टिले हेर्दछन् । यसको पूज्यभाव यहाँसम्म छ कि यसलाई आर्यहरू वेदबराबर सम्झन्छन् । यसकारणले महाभारतको श्रवण, मनन…

महाभारतका कथा

मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “महाभारतका कथा” प्रकाशमणि दहालद्वारा तयार पारिएको धार्मिक कथासङ्ग्रह हो ।आदिकाव्य रामायणले प्रस्तुत गरेको आदर्श समाज विपरीत महाभारतले संसारको रङ्गमञ्चमा प्रदर्शित हुने यथार्थ समाजको, स्वार्थ, रागद्वेष, छलकपट, द्वन्द्व, हत्या-हिंसा र विनाशको यथार्थ चित्र प्रस्तुत गरेको छ ।यस कथासङ्ग्रहमा संख्याका दृष्टिले १६ थान बहुचर्चित कथा छन् ।

विदुर नीति

मूल्य रु. २८०/- भुँडीपुराण प्रकाशनको “विदुर नीति” दिपेन्द्र शाहद्वारा अनुवादित धार्मिक पुस्तक हो ।दुर्योधनको जिद्दी र दुष्टतापूर्ण गतिविधिको कारण हस्तिनापुरको राजपरिवारको सुख-शान्ति छिनिसकेको थियो । मर्यादा टुटिसकेको थियो । धृतराष्ट्र चिन्ताले ग्रस्त भइसकेका थिए । न्याय नपाएको कारण पाण्डवले पनि युद्धको धम्की दिइरहेका थिए । भगवान् कृष्णले उनीहरूको साथ दिने…

प्रतिज्ञासूत्र तथा कारिकावाली

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “प्रतिज्ञासूत्र तथा कारिकावाली” डा. आमोदवर्धन कौण्डिन्न्यायनद्वारा तयार पारिएको धार्मिक पुस्तक हो।प्रस्तुत दुइ ग्रन्थमा शुक्लयजुर्वेदका कस्ता स्थानमा ‘य’को ‘ज’ र ‘ष’को ‘ख’ उच्चारण गरिन्छ भन्ने कुरा स्पष्ट पारिएको छ।साथै ‘ऋ ऌ व र ल’ यी वर्णहरूको उच्चारणमा रहने विशेषता पनि देखाइएको छ।उदात्त, अनुदात्त र स्वरित स्वरको…

शुक्ल यजुर्वेद संहिता

मूल्य रु. ८००/- भुँडीपुराण प्रकाशनको “शुक्ल यजुर्वेद संहिता” मोदनाथ शास्त्रीद्वारा तयार पारिएको धार्मिक पुस्तक हो।यो शुक्ल यजुर्वेद सुबोध मोदभाष्यले मानवलाई व्यवहारिक ज्ञान, पारामार्थिक ज्ञान, आध्यात्मिक ज्ञान, भौतिक ज्ञान, प्राचीन राजनीतिक ज्ञान, समेत उपलब्ध गराउन सफल भएको छ र आधुनिक राजनीतिज्ञान पनि हुनेछ।यसको साथसाथै यो कर्मचारीलाई नैतिक बनाउन पनि सफल हुनेछ…

सरल एवं पूर्ण यमपन्चक पूजा-विधि

मूल्य रु.१५०/- भुँडीपुराण प्रकाशनको “सरल एवं पूर्ण यमपन्चक पूजाविधि” मणीराम कोइरालाद्वारा तयार पारिएको धार्मिक पुस्तक हो।यस पुस्तकमा तिहारका पूजाका लागी चाहिने सामाग्रीहरुदेखि लिएर गर्न पर्ने कार्यहरु सरल ढंगबाट प्रस्तुत गरिएको छ।यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण पाठकहरुले आफ्नो जिवनमा उपयोग गर्न सक्छन।

रामायण

मूल्य रु.८००/- भुँडीपुराण प्रकाशनको “रामायण” मोदनाथ शास्त्रीद्वारा तयार पारिएको धार्मिक पुस्तक हो।यस पुस्तकमा भगवान श्रीरामको जीवनकाल लाई सरल ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तकको मद्दतले धर्तीमा मनुष्य भएर जन्मिसकेपछी के-कस्ता कार्य गर्नुपर्छ भनेर पाठ सिकाइएको छ।यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण पाठकहरुले आफ्नो जिवनमा उपयोग गर्न सक्छन।

भग्वदगीता-ज्ञान

मूल्य रु.१३०/- भुँडीपुराण प्रकाशनको “भग्वद-गीता ज्ञान” प्रा.डा. सूर्यमणी अधिकारीद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।यस पुस्तकमा भगवान श्रीकृष्णले अर्जुनलाई रणभूमीमा दिएको अर्ती उपदेश समावेश गरिएको छ।यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण पाठकहरुले आफ्नो जिवनमा उपयोग गर्न सक्छन।