भुँडीपुराण प्रकाशनको “मिश्रित तरङ्ग” काशीनाथ मिश्रितद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
यहाँका कवितामा भावनात्मक पक्षभन्दा पनि विचारको पक्ष बलियो देखिन्छ । यहाँको एउटा पनि कविता समाज वा जीवनभन्दा पर गएर कोरा भावुकताका आधारमा लेखिएको छैन । यी सम्पूर्ण कवितामा समाज बोलेको छ, जीवन बोलेको छ र युग बोलेको छ तर यसको भाषिक पक्षले भने उल्लिखित आरोपको उत्तर दिन सकेको छैन । यस सङ्ग्रहका कविताको छन्दविधान भानुभक्तकालीन छन्दविधानजस्तै छ ।