भुँडीपुराण प्रकाशनको “लेखापरीक्षणको शल्यक्रिया” डा. दामोदर पुडासैनी ‘किशोर’द्वारा तयार पारिएको पुस्तक हो ।
यस पुस्तकमा लेखकले एकातिर मानव सभ्यताको सुरुवातदेखि वर्तमानसम्मको लेखापरीक्षण प्रकृया, प्रविधि, महत्त्व र विकासका बारेमा गहिरो खोजी गरी त्यसको निचोड प्रस्तुत गर्नुभएको छ भने अर्कातिर आर्थिक विकासमा आइपरिरहेका अवरोधहरू पहिचान गरी गल्ती, जालसाझी, त्रुटि, भूल, ठगी र भ्रष्टाचारजन्य विकृतिहरू निर्मूल पार्न लेखापरीक्षण सहायकसिद्ध हुने नयाँ बाटाहरूसमेतको निष्कर्ष प्रस्तुत गर्नुभएको छ ।
यसकारण पनि यो पुस्तक लेखापरीक्षण क्षेत्रको एउटा महत्त्वपूर्ण पुस्तक बनेको छ र व्यक्ति, समुदाय, सरकार, राजनीतिज्ञ, अर्थशास्त्री, व्यवस्थापक, शिक्षक, विद्यार्थी र सर्वसाधारण सबैले यो पुस्तक अध्ययन गर्न जरुरी देखिन्छ ।