Menu Close

नेपाली सङ्‌गीतको अभिलेख

  • भुँडीपुराण प्रकाशनको “नेपाली सङ्‌गीतको अभिलेख” बुलु मुकारुङद्वारा तयार पारिएको ग्रन्थ हो ।
  • घनश्याम राजकर्णिकारका शब्दमा, “वरिष्ठ सङ्गीतकार बुलु मुकारुङले ‘नेपाली सङ्गीतको अभिलेख’ लेखन तथा प्रकाशन गरेर स्तुत्य कार्य गरेका छन् । नेपाली सङ्गीत अध्ययन, अनुसन्धान र लेखन उपयुक्त किसिमबाट आजसम्म कसैले गर्न सकेका थिएनन् । त्यो कार्य मुकारुङले पूरा गरेका छन् । उनी आफू सङ्गीतकार मात्र भएर बसेनन् । उनले त साङ्गीतिक जगत्‌लाई भरपर्दो र वैज्ञानिक अनि विधिसम्मत किसिमले लिपिबद्ध नै गरे । जसले गर्दा भोलिका पुस्तालाई नेपाली गीत, सङ्गीतका निम्ति अध्ययन गर्न महत्त्वपूर्ण स्रोत–सन्दर्भ बन्न सक्ने छ । सङ्गीत क्षेत्रका लागि मात्रै नभएर सङ्गीतमा रुचि राख्नेहरूका निम्ति ‘नेपाली सङ्गीतको अभिलेख’ एकदमै पठनीय तथा सङ्ग्रहणीय बनेर आएको छ ।”